आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीको विभिन्न स्थानमा एम एनओको कार्यक्रम   

mongolvision | 3 अक्टोबर 2021

रुपन्देहीको विभिन्न स्थानमा एम एनओको कार्यक्रम    

रुपन्देहीको विभिन्न स्थानमा एम एनओको कार्यक्रम
   सिर्जना गुरुङ
रुपन्देही / रुपन्देही जिल्लाको विभिन्न ठाँउहरुमा मंगोल नेशनल अर्गनाइजेशनले विभिन्न  कार्यक्रमहरु सम्पन्न गरेको छ  ।
   सनिवार अक्टुवर २ का दिन  मंगाेल नेशनल अर्गनाईजेशन कञ्चन गाँउपालिका सभाकाे अायाेजनामा कञ्चन गाँउपालिका वार्ड नं १ काे वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।  कञ्चन गाँउपालिका सभाका अध्यक्ष तुलाराम सिंजालीकाे  अध्यक्षतामा तथा एमएनअाे केन्द्रीय सर्वाेच्च सभाका सदस्य केशु रासकाेटी ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिकाे रुपमा एमएनअाे केन्द्रीय सभाका सदस्य राज ब. छन्त्येल, बुधमाया थापा, एमएनअाे लुम्बिनी प्रदेशका अध्यक्ष दिपक थापा मगर, सदस्य टेक बहादुर सिंजाली, सुदिप थापा मगर, रुपन्देही जिल्ला सभाका सदस्य दुक ब. तिलिजा, गंगा ब. थापा मगर लगायत का अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे। उक्त वडा सभा गठन पुर्व अतिथि दिपक थापा ज्युले प्रशिक्षण दिनु भएकाे थियाे। उक्त कार्यक्रमबाट प्रकाश पुन ज्युकाे अध्यक्षातमा ११ सदस्य रहेकाे वार्ड न १ सभा गठन गरिएकाे छ।
त्यस्तै  मंगोल नेशनल अर्गनाईजेशन देवदह नगर सभाक़ो आयोजनामा १ दिने   नगर तथा वाड का कार्यकर्ता प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ। 
शनिवारका दिन रूपनदेही जिल्लाको  देवदह नगरपालिकाको देवदह  नगर सभाक़ो कार्यलय वाड न:६, अमरसिंह चोकमा देवदह नगरसभाका अध्यक्ष साथै मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रिकाका संवाददाता सृजना गुरुङ ज्युको सभाध्याक्षयतामा र  संगठनका केंद्रीय सदस्य साथै मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रिकाका बजार ब्यव्यस्थापक शिब बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको बिशिस्ट  अतिथि  लुम्बिनी प्रदेश सभाका सदस्य देबराज गुरुङ, अतिथिमा रूपनदेही जिल्ला सभाका अध्यक्ष  कुलबिर घर्ती मगर रहनु भएको थियो। उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी गुरुङज्यूले  भर्खर मात्रामा प्रकाशित भएको पुस्तक महामानव ड.गोपाल गुरुङ नामक पुस्तक जस्का लेखक एम.एन.ओ का प्रेसिडेण्ट बुद्धलाल मेचे हूनुहुन्छ उक्त पुस्तकको बिषयमा  उपस्थित कार्यकर्तालाई विस्तृत जानकारी साथै संगठन कसरी अगाड़ी बढी रहेको छ त्यसको बिषयमा प्रस्टाउनु भएको थियो। कार्यक्रमका बिशिष्ट अतिथि साथै आजका कार्यक्रमका प्रशिक्षक लुम्बिनी प्रदेश सभाका सदस्य देबराज गुरुङज़्युले  उपस्थित कार्यकर्ताहरुलाई एम.एन.ओ को ,मंगोलहरूको अस्तित्व ,कार्यकर्ताहरूले कसरी नेतृत्व गर्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा रूपनदेही जिल्ला सभाका अध्यक्ष कुलबिर घर्ती मगर ज्यूले आफनो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम देवदह नगर सभाका सह सचिब डम्मर राना मगर ज़्युले स्वागत मन्तव्य राख्नु भएको  थियो भने सचिब अनिल कुमार गुरुङज्यूँले कार्यक्रम संचालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्