बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीमा एकदिने कार्यकर्ता प्रशिक्षण

Mongol Vision News | 16 मार्च 2020

रुपन्देहीमा एकदिने कार्यकर्ता प्रशिक्षण

रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन ५ नं प्रदेशको सक्रियतामा देवदह नगरपालिका शित्तलनगर स्थित मगर संघको सभाहलमा एकदिने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    मंगोल नेशनल अर्गनाइजेशन प्रदेश नं ५ का अध्यक्ष दिपक थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा मुख्य प्रशिक्षक मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका मुल सचीव थमन बहादुर बुढामगगर रहनुभएको थियो । प्रमुख अतिथि तथा प्रशिक्षक बुढामगरले भन्नुभयो " हाम्रो पुर्खाहरुको दयामा शरण पाएर यो मंगोलभुमिमा २०% हिन्दु आर्यले रजाइँ गरिरहेकोले त्यो राजनीति ताल्चा बृहत अहिन्दु मूलवासी मंगोलहरुको हातमा फिर्ता गर्नको निम्ति कसरी अगाडि बढ्ने ? कसरी हाम्रो समुदायलाई राजनीति चेतनशील बनाउन सकिन्छ , आउदो रणनीति के कस्तो बनाएर अगाडि बढे सजिलो हुन्छ , संगठन बिस्तारलाई कसरी राष्ट्रब्यापी बनाउने आदि इत्यादी बारेमा महत्त्वपूर्ण प्रशिक्षण आफ्ना नेता तथा कार्यक्रताहरुलाई प्रदान गर्नुभएको थियो " ।

रुपन्देहीमा एकदिने कार्यकर्ता प्रशिक्षण

५ नं प्रदेश सदस्य कर्ण बहादुर गुरुङको स्वागत मन्त्यव्यबाट शुरु भएको उक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभा सदस्य भिम बहादुर राना मगर, शिव बहादुर गुरुङ, बिष्णु रानामगरको उपस्थिति रहेको थियो भने उक्त प्रशिक्षण कार्यक्रमलाई मंगोल नेशनल अर्गनाइजेशन - ५ नं प्रदेश सचिव जन प्रसाद मिदुनले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्