शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहिमा जेल मुक्त दिवस सम्पन्न

mongol vision | 14 अप्रिल 2021

रुपन्देहिमा जेल मुक्त दिवस सम्पन्न

रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देही र देवदह नगर सभाको संयुक्त आयोजनामा एम एनओ फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर डा.गोपाल गुरुङ ज्युको जेल मुक्त दिवस भव्य र सभ्यताको साथ सम्पन्न भएको छ ।

१३ एप्रील २०२१ को दिनमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देहीका अध्यक्ष कुलविर घर्ती मगर ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यततामा र केन्द्रीय सभाका सदस्य करन सिंह नेपालीको विशेष आतिथ्यतामा युग पुरुष अमर ड.गोपाल गुरुङ भद्रगोल जेल मुक्त हुनु भएको दिन भद्रगोल जेल मुक्त दिवस कार्यक्रम देवदह नगरपालिका वाड नम्बर ५ अमर सिंह चोकमा केन्द्रीय सदस्य चन्द्र कुमारी गुरुङ, लुम्बिनी प्रदेश सभाका सदस्यहरु खिल बहादुर गाहा, देब गुरुङ जिल्ला नगर वाड सभाका पदाधिकारीहरु तथा अन्य महानुभावहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला सदस्य वाशुदेव नेपाली, वरिष्ठ जिल्ला सदस्य मिलन राना, प्रदेश सदस्य वीर बहादुर गुरुङ, विशेष अतिथी करन सिंह नेपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथी गुरुङ ज्युले युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युले नेपाली राजनितिमा अदेखा सचाइको दोस्रो संस्करणको फोटोकपिको आधारमा नै हिन्दु आर्यहरुले अन्य अरु कुनै पनि बिना गल्ती ड.गोपाल गुरुङले राजगद्दी ताक्यो र साम्प्रदायिकता फैलायो भनेर दुई वटा मुद्दा लगाएर तत्कालीन पंचायत शासकहरुले ३ वर्ष जेल चलान गरेको थिए तर अन्तिममा अन्तर्राष्ट्रिय दबाबको कारणले थेग्न नसकेर हिन्दु आर्य बाहुन छेत्री शासक वर्गहरुले १३ एप्रील १९९० मा जेल मुक्त गर्न बाध्य भएका थिए। ड.गोपाल गुरुङ आफ्नो लागि नभएर सिङ्गो यो देशका ८० प्रतिशत मुलवासी मंगोलहरु को लागि बरु घाँटी रेट्न तयार छु तर बाहुन छेत्रीको अगाडि कहिल्यै झुक्दैन भन्दै प्रमुख अतिथी गुरुङ ज्युले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो। भने उक्त कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन देवदह नगर सभाका सचिव अनिल कुमार गुरुङ ज्युले सञ्चालन गर्नुभएको थियो भने नगर सभाका अध्यक्ष सृजना गुरुङ ज्युले स्वागत मन्तव्य राख्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्