mongol vision | 23 अप्रिल 2021
रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन रुपन्देही जिल्ला सभा द्वारा एकदिने मुलवासी मंगोल प्रशिक्षण तथा नगर सभा गठन कार्यक्रम तिलोत्तमा १० शान्तिनगरमा सम्पन्न भएको छ ।
२२ अप्रिल २०२१ का दिन सम्पन्न भएको उक्त कार्यक्रम जिल्ला सभाका अध्यक्ष कुलविर घर्ती मगरको सभाध्यक्षता रहेको थियो । मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सभाका सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य कर्ण बहादुर गुरुङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश तथा जिल्ला सभाका नेता कार्यकर्ताहरुको पनि विषेश उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश सदस्य वीर बहादुर गुरुङ, विशेष अतिथी कर्ण बहादुर गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथी शिव बहादुर गुरुङले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो । प्रशिक्षणको क्रममा गुरुङले बाहिरबाट आएका २० प्रतिशत हिन्दु आर्य बाहुन छेत्रीको हातमा ६० प्रतिशत जमिन छ, ३० प्रतिशत जङ्गल हिमालले घेरिएको छ र ३ प्रतिशतमा खोलानाला छ भने जम्मा रहेको ७ प्रतिशत जमिन हामी ८० प्रतिशत मुलवासी मंगोलहरुको हातमा छ, बाहिरबाट आउँने आप्रवासी बाहुन छेत्रीले हामिलाई कङ्गाल बनाएको छ भन्दै आउँने चुनावमा नअतालिकन कुखुराको भालेमा भोट हाल्नुहोला मालिक बन्नको लागि भनेर अपिल गर्नुभएको थियो । उक्त कार्यक्रमकै अवसर पारी चित्र बहादुर गुरुङको अध्यक्षतामा १७ जनाको तिलोत्तमा तदर्थ नगर सभा गठन भएको छ । कार्यक्रममा देवदह नगर सभाका अध्यक्ष सृजना गुरुङको स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रम जिल्ला सदस्य वाशुदेव नेपालीले सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology