बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहिमा ८६ औं जन्मोत्सव सम्पन्न

mongol vision | 29 जूलाई 2021

रुपन्देहिमा ८६ औं जन्मोत्सव सम्पन्न

रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देहीको तिन ठाउमा एम एनओ संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

२७ जुलाई २०२१ को दिन एम एनओ तिलोत्तमा नगर सभाको आयोजनामा तदर्थ नगर सभाका सचिव रोशन विकको सभाध्यक्षता र प्रमुख अतिथि एम एनओ लुम्बिनी प्रदेश सभाका सदस्य विर बहादुर गुरुङ ज्युको उपस्थितिमा उक्त जन्मोत्सव कार्यक्रम सम्पन्न भएको थियो । जहाँ रुपन्देही जिल्ला भित्र रहेका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा एम एनओ संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम भव्यताको साथ सम्पन्न भएको हो ।

त्यस्तैगरी एम एनओ देवदह नगर सभाको आयोजनामा नगर अध्यक्ष सृजना गुरुङको सभाध्यक्षता र एम एनओ केन्द्रीय सदस्य तथा मंगोल भिजन रास्ट्रीय साप्ताहिक पत्रिकाका बजार व्यस्थापक शिव बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा एम एनओ संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम देवदहमा पनि सम्पन्न भएको थियो । रुपन्देही जिल्लामा रहनुभएका केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका तथा वार्डका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा एम एनओ संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम देवदह ६ पिपलडाँडा, नगर कार्यालयमा सम्पन्न भएको थियो ।

रुपन्देहिमा ८६ औं जन्मोत्सव सम्पन्न

त्यस्तैगरी एम एनओ बुटवल उपमहानगरपालिका सभाको आयोजनामा उपमहानगर सभाका अध्यक्ष जित बहादुर पुनको सभाध्यक्षता र प्रमुख अतिथि एम एनओका मुलासचिव थम्मन बहादुर बुढा मगर ज्युको आतिथ्यतामा जहाँ रुपन्देही जिल्ला भित्र रहनुभएका केन्द्रीय, प्रदेश, जिल्ला, उप-महानगरपालिका तथा वार्डका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा एम एनओ संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम सम्पन्न भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्