बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीमा २६ औँ मुलबासी दिवस सम्पन्न

Mongol Vision | 9 अगस्ट 2020

रुपन्देहीमा २६ औँ मुलबासी दिवस सम्पन्न

रुपन्देही / मंगोल नेशनल अर्गनाइजेशन बुटवल उपमाहनगर पालिकाको अायाेजनामा २६औँ विश्व मुलबासी दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ बुटवल उपमाहनगरपालिकाका कोषाध्यक्ष जीत बहादुर पुनको सभाध्यक्षतामा एवं केन्द्रिय सभाका मुल सचिव थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विश्वभर फैलिएको कोभिड १९ कोरोना भाइरस माहमारीका कारण बृहत रुपमा कार्यक्रम गर्ने नसकेता पनि उक्त कार्यक्रम एम.एन.ओ. का नेता तथा कर्याकर्ताहरूले सामाजिक दुरी कायम राखी औपचारिक रुपमा सम्पन्न गरेका थिए । उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरु,प्रदेश सभाका सदस्यहरु, जिल्ला सभा सदस्यहरु, नगर र वडा सभाका सदस्यहरुको उपस्थिति रहेको थियो भने बटवल उपमाहनगरपालिकाकी सचिव केशरी थापा मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्