mongol vision | 10 अगस्ट 2021
रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देहीको देवदह नगरपालिका र बुटवल उपमहानगरपालिका गरेर दुईवटा ठाउँमा २७ औ विश्व मूलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
9 अगस्ट 2021 को दिन भएको उक्त कार्यक्रममा हामी आदिवासी पनि होइनौ र जनजाति पनि होइनौ आदिवासी शब्दले आदिमकाल मा कहिँ कतै बाट बसाइसरि आएको हो भन्ने बुझाउछ भने जनजाति शब्दले कमारो को अर्थ लगाउछ, त्यसकारण हामि आदिवासी जनजाति होइनौ। १४९५ मा पहिलो पटक भारतबाट नेपाल भित्रिएका बाहुन छेत्री नै आदिवासी जनजाति हुन् र World Indigenous Day ( विश्व मुलबासी दिवस ) लाई नेपालमा विश्व आदिवासी दिवस भनेर नेपालका मंगोलहरुलाई मात्र नभएर विश्वलाई नै धोति लगाइदिने काम यी बाहुन छेत्रीहरुले गरेका छन् । यो देशका असली मूलवासी भनेको नै मंगोलहरु हो र दुवै कार्यक्रममा ग्वाटेमालाकि रेगुवेर्टा मेंचु को संघर्ष ग्वाटेमालामा मूलबासीहरुको हक अधिकार र समानता आन्दोलनमा खेलेको भुमिकाका कारण 1992 मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । त्यहि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको दिन ९ अगस्टलाई अवसर पारेर मनाइएको संयुक्त रास्ट्र संघबाट विश्व मुलबासी दिवस मनाइएको हो भन्दै, मंगोल नेशनल अर्गनाइजेशन संस्थापक प्रेसिडेण्ट ड.गोपाल गुरुङ र रेगोबेर्टा मेंचु उहाँहरुले पुराउनु भएको योगदान र कार्यहरु हामि नेपालका अहिन्दु मूलबासी मंगोलहरुको लागि प्रेरणादायी बनेको छ भन्दै दुवै कार्यक्रमका अतिथिहरुले आ-आफ्नो मन्तव्यमा जोड दिइएको पाइन्छ । जहा एम एनओ बुटवल उपमहानगरपालिकाका अध्यक्ष जित बहादुर पुनको सभाध्यक्षतामा एम एनओका मुलसचिव थम्मन बहादुर बुढा मगर ज्युको प्रमुख आतिथ्यता रहेको थियो ।
रुपन्देही जिल्ला भित्र रहनुभएका केन्द्रीय, प्रदेश, जिल्ला, उप-महानगरपालिका वार्डका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थितिमा एम एनओ बुटवल उपमहानगर सभाले २७ औं विश्व मूलवासी दिवस कार्यक्रम बुटवल पुरानो बसपार्क, नेपाल मगर महिला संघको भवनमा सभ्य तथा भव्य रुपमा सम्पन्न गरेको छ । त्यस्तैगरी एम एनओ देवदह नगरपालिकाका अध्यक्ष सृजना गुरुङको सभाध्यक्षतामा र एम एनओ केन्द्रिय सदस्य तथा मंगोल भिजन रास्ट्रीय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा रुपन्देही जिल्लामा रहनुभएका केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका वार्डका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा एम एनओ देवदह नगर सभाले २७ औ विश्व मूलवासी दिवस कार्यक्रम देवदह १२ प्रगतिनगरको गुरुंग समाज भवनमा सभ्य तथा भव्य रुपमा सम्पन्न गरेको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology