शुक्रबार 10 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीमा २६ औ मुलवासी दिवस सम्पन्न

बासुदेव नेपाली | 9 अगस्ट 2020

रुपन्देहीमा २६ औ मुलवासी दिवस  सम्पन्न

रुपन्देही/ ९ अगष्ट २०२० का दिन रुपन्देहीमा २६ औ मुलवासी दिवस मनाइएको छ, मंगोल नेशनल अर्गनाइजेसन रुपन्देही जिल्ला सभा का सदस्यीय प्रेम बा. अदै मगर को सभाध्यक्ष, एम.एन.ओ के.स भिम बा. राना को प्रमुख अतिथ्यता, एम.एन.ओ के.स शिबजित गुरुङ को विशेष आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एम.एन.ओ के.स करन सिंह नेपाली, चन्द्र कुमारी गुरुङ, बिष्नुमाया राना, देवदह नगर अध्यक्ष इन्द्र बा. नेपाली, हिलेटोल संयोजक दुर्गा बा. गुरुङ लगाएतको उपस्थिति थियो। कार्यक्रम मा प्रमुख अतिथीबाट मुलवासी दिवस को अवसरमा मैनबत्ती बालेर डा.गोपाल गुरुङ को तस्बिरलाई खादा ओडाएर कोरोना को कहर मा लकडाउन लाई ख्याल मा राखेर भव्यताका साथ सम्पन्न गरिएको छ, त्यसैगरी कार्यक्रम मा मन्तव्य राख्नुहुने एम.एन.ओ ५नं.प्रदेश सभा सदस्यीय देब गुरुङ ले मुलवासी दिवस को अवसर मा झ्यास घारी मा अल्झिएर बाचेकी रेगोबेर्टा मेन्चु लाई सम्झिदै मेन्चु ले मुलवासी हरु को लागी निकै संघरष गरेपछि आज हामिले २६ औ मुलवासी दिवस मनाउन पाइरहेका छौ भन्ने कुरा बताउनु भयो, एम.एन.ओ के.स तथा कार्यक्रम का विशेष अतिथी शिबजित गुरुङ ले २६ औ मुलवासी दिवस को शुभकामना दिदै रेगोबेर्टा मेन्चु लाई सम्झिदै एम.एन.ओ को दर्शन भिजन बुझाउनु भएको थियो, र एम.एन.ओ के.स तथा प्रमुख अतिथी भिम बा. राना ले रेगोबेर्टा मेन्चु लाई सम्झिदै कार्यक्रम पाल्नु हुने सम्पुर्ण लाई सम्बोधन गर्दै एम.एन.ओ मा सबै लाई आउन आह्वान गर्दै मुलवासी को अधिकार लिन अनुरोध गर्नु भएको थियो। कार्यक्रममा रुपन्देही जिल्ला सभाका सदस्य के.बि घर्ती मगर को संचालन, र जिल्ला सभा का सदस्यीय चन्द्र बा. गुरुङ को स्वागत मा कार्यक्रम सम्पन्न भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्