सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

बासुदेव नेपाली | 27 जूलाई 2020

रुपन्देहीमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

२७ जुलाई २०२० का दिन रुपन्देहीमा एम.एन.ओ फाउण्डर प्रेसिडेन्ट ड.गोपाल गुरुङको ८५ औ जन्मोत्सव सभ्य र भव्यताका साथ मनाइएको छ । मंगोल नेशनल अर्गनाइजेसन रुपन्देही जिल्ला सभाका कोषाध्यक्ष हुमा गुरुङको सभाध्यक्ष, एम.एन.ओ केन्द्रीय सदस्य भिम बहादुर रानाको प्रमुख अतिथ्यता र एम.एन.ओ केन्द्रीय सदस्य शिवजीत गुरुङको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सदस्य करन सिंह नेपाली, बिष्णु माया राना, ५ नं. प्रदेश सदस्यहरु खिल बहादुर गाहा, सन्त विक, रुपन्देही जिल्ला सदस्ययहरु चन्द्र गुरुङ, प्रेम अदै मगर, राजकुमार दर्जी, गुप्त बहादुर थापा, लिला गुरुङ, टार्जन गुरुङ, राममाया राना, सिता थापा, तेज बहादुर आले, मंगललाल गुरुङ, सुर्य गुरुङ, अमर सिंह वि.क र जिल्ला सल्लाहकारहरुमा प्रेम गुरुङ, पर बहादुर गुरुङ, टक बहादुर गुरुङ, देवदह नगर पालिका वार्ड नं.७ का अध्यक्ष सहविर बि.क, देवदह नगर पालिका वार्ड नं.१२ का अध्यक्ष अनिल गुरुङ, बुटवल उपमहानगर पालिकाका सचीव केशरी थापा, हिलेटोल तदर्थ सभाका संयोजक दुर्गा बहादुर गुरुङ लगाएतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथीबाट जन्मोत्सवको अवसरमा मैनबत्ती बालेर ड.गोपाल गुरुङको तस्वीरमा खादा ओडाएर जन्मोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ । त्यसैगरी कार्यक्रममा टोल संयोजक दुर्गा बहादुर गुरुङ, एम.एन.ओ देवदह नगर सभा अध्यक्ष इन्द्र बहादुर नेपाली, रुपन्देही जिल्ला सभाका सल्लाहकार ज्ञान बहादुर गुरुङ, मेख बहादुर गाहा र एम.एन.ओ ५ नं. प्रदेश सभा सदस्य देब गुरुङले मन्तव्य राखेका थिए । एम.एन.ओ केन्द्रीय सदस्य चन्द्र कुमारी गुरुङले ड.गोपाल गुरुङ योगदान बारे बताउनु भएको थियो भने कार्यक्रमका विशिष्ट अतिथी शिवजीत गुरुङले एम.एन.ओले के चाहान्छ ? र हामी को हौ ? युग पुरुष अमर ड.गोपाल गुरुङले ८०% अहिन्दू मूलवासी मंगोलको निम्ति गर्नुभएको हो कि व्यक्तिगत समय र परिस्थितिले बताईसकेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी भिम बहादुर रानाले मंगोलवाद के हो ? ब्राहमणवाद के हो ? नेपालका अल्पसंख्यक २० प्रतिशत बाहुन क्षेत्री ले कसरी दबाएर राखेको छ भन्ने कुराबारे प्रष्ट पार्नुभएको थियो । मंगोल कलाकारहरुले मंगोल सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए भने रुपन्देही जिल्ला सभाका सदस्य सलन चिदी मगरले उक्त जन्मोत्सव कार्यक्रम सञ्चालन गरेका थिए भने देवदह नगर सभाका सह-सचिव सिर्जना गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्