सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रिसिङ गाउँमा मंगोल प्रशिक्षण

mongol vision | 18 मार्च 2021

रिसिङ गाउँमा मंगोल प्रशिक्षण

तनहुँ / तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका ७, मचदाङमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका केन्द्रिय सदस्य प्रविना थापा मगर ज्युको प्रमुख आतिथ्यतामा सभ्य र भव्यरुपमा मुलवासी मंगोलहरुको आवाज-विभेदरहित समाज, सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता, देश विकास, रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता भन्ने मुलनाराका साथ मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ सभाद्वारा आयोजित एकदिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सह-सचीव अनिता थापा मगर हुनुहुन्थ्यो । विशिष्ट अतिथी थापा ज्युले शुभकामना मन्तव्यको क्रममा यो देश नेपालका २० प्रतिशत हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले विश्व विज्ञान र समाजशास्त्रीय निचोडलाई नै धोती लगाईदिएर ४ जात ३६ वर्ण निर्माण गरेर र मानवता विरोध उचनिच, छुतअछुत र वर्णाश्रमी मनुस्मृती लागू गरे भनी अब हामीले हिन्दु आर्यन बाहुन क्षेत्रीहरुको यी नीति बुझेर मंगोल राष्ट्रवादको चस्मा लगाई आसन्न चुनावहरुमा मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह भालेमा मतदान गरि मंगोल नेशनल अर्गनाइजेशनका कार्यकर्ताहरूलाई जिताउन आह्वान गर्नु भएको थियो । त्यस्तैगरि प्रमुख अतिथी ज्युले उपस्तिथ सम्पुर्ण मुलवासी मंगोल लोकसमुदायहरुलाई नेपालको असली ईतिहास र मानव अस्तित्वको बारेमा प्रष्ट पार्नुहुँदै नेपालको राजनीति सबन्धी बताएर अब मान्छेको रुप लिएर पशुको दर्जा पाएर नबाँचौ र यो देशका कुना कन्दराबाट यो देशमा आमूल परिवर्तनका लागि मंगोल युवाहरु जुमुराएर उठौं भनी प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रमपश्चात् नेत्र बहादुर आलेको अध्यक्षतामा १३ सदस्यीय मंगोल नेशनल अर्गनाइजेशन ऋषिङ गाउँपालिका ७ नम्बर वडा सभा गठन भएको छ । अन्य सदस्यहरुमा पदम बहादुर थापा, सुनिल थापा, नेत्र बहादुर आले, हरि बहादुर थापा, घन बहादुर थापा, प्रेम बहादुर राना, सेर बहादुर थापा, तुल बहादुर थापा, चन्द्र माया आले, सेर बहादुर सारु , सोम बहादुर आले र भिम बहादुर राना हुनुहुन्छ । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य भिम बहादुर थापा ज्युले दिनुभएको थियो भने सञ्चालन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानी माया थापा मगर ज्युले गर्नुभएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्