बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

राष्ट्रिय बिभुती प्रथम सहिद क्या. लखन थापा मगरको सालिक पुनः प्रतिस्थापन

Dilip Dhimal | 16 फेब्रुअरी 2019

राष्ट्रिय बिभुती प्रथम सहिद क्या. लखन थापा मगरको सालिक पुनः प्रतिस्थापन

पोखरा/ यहाँका अहिन्दु मूलबासी मंगोलहरुको अस्तित्व खतम पार्ने काम सत्तामा रहेका शासक बाहुन छेत्रीहरुले बिगत र बर्तमानसम्म आइ पुग्दा पनि गरि नै रहेको छ । मूलबासीहरुको पुरातात्त्विक बस्तुलाई कुनै न कुनै तवरबाट नष्ट पार्ने काम सत्ताधारीले चलाई नै रहेको देखिन्छ । बिगतमा सत्ता र शक्तिको आडमा मंगोलहरुको अस्तित्वलाई खुले आम खतम पारेको इतिहास ताजै छ । देशमा लोकतन्त्र आइसकेको अवस्थामा पनि यो कार्य रोकिएको छैन । त्यसकाे पछिल्लो उदाहरण हो - पोखराको मुख्य चोकमा रहेको प्रथम सहिद क्या= लखन थापा मगरको सालिक हटाइएको कार्य।मूलबासी गुरुङ, मगर समुदायहरुको बाहुल्य जनघन्त्व रहेको कास्कीको पोखरामा सत्तामा रहेका बाहुन छेत्री शासकहरुले शक्तिको आडमा पोखराको मुख्य चोकमा पृथ्वीनारायण शाहको सालिक षडयन्त्र पुर्बक राखी चोकको नाम पृथ्वी चोक नामाकरण गरिदिए पछि स्वतस्फुर्त रुपमा त्यहाँका मूलबासी जनताहरुले पृथ्वीनारायण शाहको सालिक भत्काई त्यस चोकलाई सहिद क्या+= लखन थापा मगर चोक घोषणा गरेका थिए । पछि मगर संघले त्यहाँ २०६४ साल फागुन १५ गते मगर दिवसको अवसरमा लखन थापाको सालिक बनाएको थियो ।

राष्ट्रिय बिभुती प्रथम सहिद क्या. लखन थापा मगरको सालिक पुनः प्रतिस्थापन

सडक बिभाग र पोखरा महानगरपालिकाले ट्राफिक व्यावस्थापनमा समस्या भएको भन्दै लखन थापाको सालिक हटाउने भन्ने कुरा बाहिर ल्याएपछि एमएनओ कास्की जिल्ला सभाले त्यसकाे घोर भत्सर्ना गर्दै बिरोध गरेको थियो । बिरोध लगतै महानगर र जिल्ला प्रशासन सग संयुक्त रुपमा बैठक बसि शालिकलाई कुनै पनि नोक्सान नहुने गरि शालिक परिसरको केही भु भाग मात्र भत्काउने सहमति गरेपनि त्यसलाई महानगरपालिकाले व्यवस्था गर्दै प्रशासनको आडमा २०७४ असोज ९ गते रातारात शालिक भत्काएको थियो । शालिक भत्काए लगतै एमएनओ कास्की जिल्ला सभा र विभिन्न संघ सस्थाहरुले त्यस कार्यको बिरोध गर्दै महानगर र प्रशासन विरुद्ध आन्दोलनको गर्ने घोषण गरेकोमा महानगरपालिकाले पुन त्यहाँ शालिक निर्माण गरिदिने भन्दै सहमति गरेपछि आन्दोलन रोकिएको थियो । महानगर पालिकाले सहमति गरे बमोजिम शालिक निर्माण नगरेपछि एमएनओको पहलमा अर्ध कदको सालिक निर्माण गरि १४१ औं लखन थापा मगर दिवस मनाइएको थियो । लामो समयसम्म पनि महानगरपालिकाले शालिक निर्माणमा चासो नदेखाएपछि अन्तत मंगोल नेशनल अर्गनाइजेशन, मगर संघ लगायत विभिन्न सस्थाहरुको सक्रियतामा २०७५ माघ २९ गते त्यहाँ पुर्ण कदको शालिक प्रतिस्थापन गरिएको छ ।

 

                                          १४२औं लखन स्मृति दिवस भब्य रुपमा सम्पन्न

मंगोल नेशनल अर्गनाइजेशन कास्की जिल्ला सभाको आयोजनामा १४२ औं प्रथम सहिद लखन थापा मगर स्मृति दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोछ ।

फागुन २ गते दिवसको अवसरमा जिल्ला सभाले एक कार्यक्रम गर्दै स्मृति दिवस भब्य रुपमा मनाएको छ । जिल्ला सभाका अध्यक्ष रियाज गुरुङको अध्यक्षता र सगठनका केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका निर्देशनक प्रेम छिरी सेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुन अघि एमएनओका नेता कार्यकर्ताहरू शालिक रहेको ठाउँमा पुगि शालिकमा माल्यार्पण गरेका थिए । साथै उहाँको सम्झनामा मौन धारण समेत गरिएको थियो भने संगठनका सस्थापक प्रेसिडेन्ट युग पुरुष अमर डा. गोपाल गुरुङको सम्झनामा एक मिनेट मौन धारण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी सेर्पाले लखन थापा मगरको योगदानको चर्चा गर्दै उहाँ प्रति श्रदाअर्पण गर्नु भयो । कार्यक्रममा केन्द्रीय सदस्यहरु गंगा खपाङी, प्रबिना थापा मगर, गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङ, कोषाध्यक्ष निर्मल आले, सदस्यहरु रत्न बा फगामी, भिम गुरुङ, मिनु थापा, स्याङजा जिल्ला सदस्य दुर्गा राम गुरुङ, पोखरा महानगर सभा अध्यक्ष ज्ञान राज गुरुङ, स्याङ्जा पुतली नगर अध्यक्ष अमृत थापा, स्याङ्जा बिरुवा गाउँसभा अध्यक्ष चन बहादुर गुरुङ लगायतले पनि आआफनो मन्तव्य राख्दै लखन थापा प्रति श्रदाअर्पण गर्नु भएको थियो । कास्की जिल्ला सभाका सहसचिब तिर्थ गुरुङले स्वागत मन्तब्य राखनु भएको कार्यक्रम सचिब यज्ञ बा गुरुङले सञ्चालन गरेका थिए ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्