शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

राष्ट्रिय मानव अधिकार आयोगमा एम एनओको ध्यानाकर्षण पत्र

mongolvision | 19 फेब्रुअरी 2022

राष्ट्रिय मानव अधिकार आयोगमा एम एनओको ध्यानाकर्षण पत्र


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशनले राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
सरकारले स्थानीय तह निर्बाचनको मिति तोके सगै निर्बाचन आयोगले स्थानीय तह निर्बाचन ऎन २०७३को दफा २६को उप दफा ६ बमोजिम थेस होल्ड नकाटेका राजनीतिक दलहरु लाई स्थानिय निर्बाचनमा चुनाब चिन्ह प्रदान गर्न नसकिने भने पछि 18 फेब्रुअरी 2022 शुक्रबार का दिन मंगोल नेसनल  अर्गनाइजेसनले उक्त ध्यानाकर्षण पत्र बुझाएको हो । आउदै गरेको   स्थानीय तहको  निर्वाचनमा सिन्डिकेट प्रणालीको  निति  कार्यान्वयनका लागी  सिफारिस प्रक्रियामा रहेको  भन्दै यस्तो  निर्णयले लोकतान्त्रिक पद्धति को अपमान गर्ने र सम्पुर्ण जनताको लोकतान्त्रिक अधिकारलाई  नै  धरापमा  पार्ने तर्क सहित ध्यानाकर्षण पत्र  लिएर  संगठनले   राष्ट्रिय मानव अधिकार आयोग  पुल्चोक  ललितपुरमा उपस्थित भएको संगठनका केन्द्रिय  प्रवक्ता दिलिप धिमालले बताउनु  भयो।
  ध्यानाकर्षण गर्ने कार्यक्रममा संगठनका केन्द्रिय मूल सचिब  थमन बहादुर मगर ,केन्द्रीय सचिब सन्तोष तामाङ ,केन्द्रिय कोषाध्यक्ष आङदावा शेर्पा , केन्द्रीय सह सचिब धन प्रकाश खिम्दुङ ,केन्द्रीय प्रचार सचिब मणि पापो लिम्बु ,केन्द्रिय  ,केन्द्रिय  सर्बोच्च  सभा  सदस्य रिन्छेन तामाङ ,केन्द्रिय सदस्य  मंगोल  भक्त  खपांगी मगर नुवाकोट  जिल्ला  अध्यक्ष प्रदिक्षा तामाङ ,जिल्ला  सदस्य सुरेन्द्र  तामाङ , जीवन तामाङ लगायतको उपस्थित रहेको थियोे । सोही दिन  एम एनओले नेपाल स्थित  संयुक्त राष्ट्र संधिय मानव अधिकार आयोग  लाइ पनि  ध्यानाकर्षण पत्र बुझाएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगमा एम एनओको ध्यानाकर्षण पत्र

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्