आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

र्याली सहित इलामले गर्यो दसै बहिस्कार

mongolvision | 15 अक्टोबर 2021

र्याली सहित इलामले गर्यो दसै बहिस्कार


इलाम / हिन्दुहरुको तथाकथित दसै लाई मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलामले मौन र्याली सहित बहिस्कार गरेको छ ।
शुक्रबार तथाकथित दसैको दिन पारेर जिल्ला सभा इलाम सहयोग र सुर्योदय नगरसभाको आयोजनामा ईलाम जिल्लाको सुर्योदय नगर पालिकाको विभिन्न स्थाहरुमा र्याली सहित दसै बहिष्कार कार्यक्रम सम्पन्न भएको सुर्योदय नगर अध्यक्ष बिराज तामाङले बताए । सयौंको संख्यामामा एम एनओका नेता कार्यकर्ता तथा सुभचिन्तकहरुको उपस्थितिमा  सुर्योदय नगरपालिका १० फिक्कल बाट  सुरु भएको दसै बहिष्कारको मौन र्याली कटुसे बजार,कुटिडाडा,कल्याम , पशुपतिनगर हुदै पुन फिक्कल बजार अाएर कोण सभा भएको थियो  । कोण सभालाइ केन्द्रीय सदस्य , प्रान्तीय सभा सदस्य , जिल्ला सभा सदस्यहरुले सम्बोधन गर्नु हुँदै एम एनओले दसै बहिस्कार गर्नु को कारण प्रष्ट पार्नु भएको थियो ।
त्यस्तै इलाम कै सन्दकपुर गाउँ पालिकाको देउराली बजारमा पनि कथित दसै बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय सह सचिब धन प्रकाश खिम्दुङको प्रमुख आतिथ्यतामा भएको खुल्ला दसै बहिष्कार कार्यक्रममा केन्द्रीय सदस्य तथा केन्द्रीय अनुसाशन सभा संयोजक गणेश राई , केन्द्रीय सदस्य देब माकेहाङ , बैल्कल्पी केन्द्रीय सदस्य लक्ष्मण माकेहाङ लगायत जिल्ला सभा इलामका पदाधिकारीहरु , गाउँ सभाका पदाधिकारी एबम मंगोल शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

र्याली सहित इलामले गर्यो दसै बहिस्कार

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्