शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रम्भा गाउँपालिका घ्याङसिङग पोखरा तदर्थ वडा सभा गठन

Lassim Hang Mongol | 22 डिसेम्बर 2018

रम्भा गाउँपालिका घ्याङसिङग पोखरा तदर्थ वडा सभा गठन

पाल्पा/  मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको सक्रीयतामा रम्भा गाउँपालिका वडा-४ घ्याङसिङग पोखरा तदर्थ वडा सभा गठन भएको छ ।
२२ डिसेम्बर शनिबारका दिन स्थानीय समाजसेवी श्रीमान सिंह थापा मगरको अध्यक्षता साथै संगठनका केन्द्रीय मूल सचिव थम्मन बुढा मगरको प्रमुख आतिथ्यतामा एक प्रशिक्षण कार्यक्रमको बीच सोह्र सदस्यीय तदर्थ वडा सभा गठन भएको हो । जसमा सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः बम बहादुर दर्लामि, गुनिसरा दर्लामी, थर्क बहादुर दर्लामी छन् । सदस्यहरूमा रिना दर्लामी, भोजबहादुर दर्लामी, केशर दर्लामी, देबस दर्लामी, ज्ञान बहादुर दर्लामी, किशन कुँवर, बिनोद दर्लामी , बालकृष्ण दर्लामी, खगिसरा दर्लामी, शान्ति देवी थापा, यम बहादुर सारू र भोज बहादुर बुचा रहेका छन् ।
      कार्यक्रममा विशिष्ट अतिथी पाल्पा जिल्ला सभाका अध्यक्ष तोप खाम्चा मगर र अतिथिमा पाल्पा जिल्ला सभाका सदस्य लक्षमण गाहा मगर थिए । मूलवासी मंगोल जनसमुदायहरूको बाक्लो उपस्थित रहेको कार्यक्रममा अतिथी र विशिष्ट अतिथिद्वय लक्षमण गाहा मगर र तोप खाम्चाले आ- आफ्नो मन्तव्य राख्नु भयो भने कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय मूल सचिव थम्मन बुढा मगरले संगठन र नेपालको वास्तविक राजनितिक समस्या लगायत मानव अस्तित्व बिषयमा प्रशिक्षण प्रदान गर्नुका साथै नवगठित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भयो । कार्यक्रम पाल्पा जिल्ला सभा सदस्य पुरन दर्लामीले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्