बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रम्भा गाउँपालिकामा मंगोल प्रशिक्षण सम्पन्न

Mongol Vision News | 26 जनवरी 2020

रम्भा गाउँपालिकामा मंगोल प्रशिक्षण सम्पन्न

पाल्पा / मिति २०७६/१०/४ गते सनिवार को दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पा को आयोजना मा रम्भा गाउँ पालिका मा एक दिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

      कार्यक्रम बिष्णु थापा मगर को अध्यक्षता मा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेशन का केन्द्रिय मुल सचीव थम्मन बुढा मगर,बिशिस्ट अतिथी केन्द्रिय सदस्य तथा अनुशासन बिभाग का सदस्य लाल बहादुर दर्लामी,केन्द्रिय सदस्य जयकाली दर्लामी अतिथिहरुमा जिल्ला सभा पाल्पा का अध्यक्ष तोप खाम्चा,सचीव पुरन दर्लामी,सदस्य जनक राना,तानसेन नगर सभा का अध्यक्ष तारा प्रसाद राना,बगनासकाली गाउँ सभाका पदाधिकारी तथा प्रभास सभा युके का सदस्य तिल थापा मगरको उपस्थिति थियो। स्वागत मन्तव्य पाल्पा जिल्ला सभा का अध्यक्ष तथा प्रशिक्षण मंगोल नेशनल अर्गनाइजेशन का केन्द्रिय मुल सचीव थम्मन बुढा मगर ले दिनु भयो।

      प्रशिक्षण दिने क्रममा बुढा मगरले मानवीय अस्तित्व,जनजाति आदिवासी र मंगोल मुलबासिको वास्तविक शब्द को असर ,नेपाल मा सन 1495 र 1559 मा भित्रेका सरणार्थी खस आर्यले नेपालका मुलबासी मंगोल माथी गरेका षडयन्त्र को बारेमा बताउनुभयो। प्रशिक्षण कै क्रममा रम्भा गाउँपालिकामा २१ जना सदस्य को तदर्थ सभा गठन भएको छ।जसमा अध्यक्ष,सचिब,सह सचिव,कोषाध्यक्ष क्रमशः बिष्णु थापा मगर,हुम बहादुर शुर्यवङ्शी,कालिका थापा मगर सदस्य हरुमा बोम बहादुर दर्लामी,धन बहादुर गाहा,निता दर्लामी,चोप बहादुर दर्लामी,झमक सिंह चिदी,कमल दर्लामी,ज्ञान बहादुर दर्लामी,श्रीमान सिङ्जाली,गणेश रेश्मी,दान बहादुर मसराङ्गी,वीर बहादुर गाहा,मदन थापा,सुमन दर्लामी,सल्लाहकारमा शेर बहादुर राना,मोहन बराल र गम्बर सिङ्जाली रहेका छन। कार्यक्रम संचालन पाल्पा जिल्ला सचीव पुरन दर्लामीले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्