शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवा जिल्लाको आयोजनमा प्रशिक्षण सम्पन्न

Pradiksha Mongol | 21 फेब्रुअरी 2020

रसुवा जिल्लाको आयोजनमा प्रशिक्षण सम्पन्न

बागमती प्रदेश, रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाको आयोजनामा नौकुण्ड गाउँपालिका वडा नम्बर छ स्थित सेमजोङ प्राथमिक विद्यालयको सभा हलमा मिति 21 फेब्रुअरी 2020 मा एकदिने बृहत मुलबासी मंगोल विषयक प्रशिक्षण युनिसा तामाङको सभाध्यक्षतामा केन्द्रीय सर्वोच्च सभा सदस्य रिन्छेन दोर्जे तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

    उक्त प्रशिक्षण कार्यक्रममा तामाङले सन्सारमा छ वटा सोच र तीन वटा विचार मध्ये दुई वटा उच्च कोटीको सोच र सबै भन्दा उपयुक्त नवउदारवादको विचार, सिद्धान्तलाई एमएनओले अंगीकार गरेको र एमएनओलाई अन्तरगहिराइमा गएर बुझ्नको निमित्त आह्वान गर्नुभएको थियो ।

रसुवा जिल्लाको आयोजनमा प्रशिक्षण सम्पन्न

त्यसैगरी विशेष अतिथि केन्द्रीय सदस्य मेन लामाले एमएनओ र बुद्ध दर्शनले सबैमा समानता, स्वतन्त्रता र भातृत्व कायम गर्ने कुरालाई जोडदिनु भएको थियो भने अतिथि बागमती प्रदेश सदस्य कर्म तामाङले कार्यकर्तालाइ अनुशासित र संयमित भएर अघि बढ्न प्रेरित गर्नु भएको थियो त्यसैगरी अतिथी जिल्ला सभाको सदस्य विकास तामाङले आधारभूत प्रशिक्षणको महत्व र आवश्यकता झल्काउनु भएको थियो भने ओम सिङ तामाङले स्वागत मन्तव्य राखेका उक्त प्रशिक्षण कार्यक्रम प्रदिक्षा तामाङले संचालन गरेकि थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्