शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवा जिल्ला सभाको दोश्रो अधिवेशन सम्पन्न अध्यक्षमा विकाश तामाङ निर्वाचित

Pradiksha Tamang | 27 डिसेम्बर 2020

रसुवा जिल्ला सभाको दोश्रो अधिवेशन सम्पन्न अध्यक्षमा विकाश तामाङ निर्वाचित

मंगोल नेशनल अर्गनाइजेसन दोस्रो ऐतिहासिक रसुवा जिल्ला अधिवेशन घोषणा सभा कार्यक्रम मिति 26 डिसेम्बर 2020 मा उत्तरगया गाउँपालिका स्थित मणिगाउँमा मुल आयोजक सभाको संयोजक विकास तामाङको सभाध्यक्षता र केन्द्रिय सर्वोच्च सभाको सदस्य गणेश चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चाम्लिङले संगठनको नीति नियम विधानलाइ अनुशासित भएर पालना गर्न आह्वान गर्दै अब मुलुकलाइ मंगोलमय बनाउन युगपुरुष अमर डा गोपाल गुरुङ ज्युको सपनालाइ साकार पार्न कठिबद्धताका साथ युवाहरु लाग्नुपर्ने बताउनु भयाे । कार्यक्रममा विशेष अतिथिमा केन्द्रीय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचे, रिन्छेन तामाङ रहनु भएको थियो भने उहाँहरुले लोकतन्त्र को संरक्षण MNO ले मात्रै गर्न सकिने मन्तव्य सहित निर्वाचित पदाधिकारीहरुलाइ बधाई साथै असिमित शुभकामना व्यक्त गर्नुभएको छ।कार्यक्रममा अतिथिहरु केन्द्रिय सभाको सदस्यहरु कासिमा तामाङ,मेन लामा तितुङ, धनमाया तामाङ र केन्द्रिय वैकल्पिक सदस्य प्रेम श्रेष्ठले मूलबासी मंगोलहरु राजनीतिक रुपमा चेतनशील बन्नुपर्छ भन्ने मन्तव्य सहित बन्दसत्रबाट निर्वाचित पदाधिकारीहरुलाइ सफल कार्यकालको बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भने अर्को अतिथिहरु बागमती प्रदेश सभाका सचिव राजेन्द्र तामाङ,कोषाध्यक्ष कुमार तामाङ,प्रचार सचीव सालिक मगर जिल्ला अध्यक्षहरु टेक बहादुर तामाङ,धर्मराज सेन्देन,प्रदीक्षा तामाङ,सिपि घिसिङ,भरत तामाङले पनि बधाई साथै शुभकामना मन्तव्य व्यक्त गरेको थियो।कार्यक्रममा ओमसिङ तामाङले शुभकामना मन्तव्य राख्दै बिनोद तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो।25 डिसेम्बर 2020 बन्दसत्रबाट निर्वाचित पदाधिकारीहरु अध्यक्ष विकास तामाङ,सचिव ओम सिङ तामाङ,कोषाध्यक्ष प्रमिला तामाङ, सहसचिव बिनोद तामाङ,प्रचार सचीव पासाङ तामाङ ,त्यसैगरी सदस्यहरु म्यिङ्मर छेवाङ तामाङ,म्यिङ्मर दोर्जे तामाङ,सम्देन शेर्पा,वाङ्दे घले,पासाङ डोल्मा तामाङ,राजु घलान ,सन्चिता गोले,रबिना लोप्चन,सुबिन्द्र घले,सुवास तामाङ,मन्जु लामा,अश्विन थिङ,मान बहादुर थिङ,बुद्धि बहादुर तामाङ,लाक्पा तामाङ,बिमला तामाङ,निमा सार्की स्याङ्बा,हीरामाया तामाङ गरि बिकास तामाङको अध्यक्षतामा 23 सदस्यीय सभा गठन भएको छ।

रसुवा जिल्ला सभाको दोश्रो अधिवेशन सम्पन्न अध्यक्षमा विकाश तामाङ निर्वाचित

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्