शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवाका अध्यक्ष गोले ६ महिना निलम्बित

Dilip Dhimal | 14 मार्च 2019

रसुवाका अध्यक्ष गोले ६ महिना निलम्बित

काठमाण्डौ/ मंगोल नेशनल अर्गनाइजेशन रसुवा जिल्ला सभाका अध्यक्ष किशोर गोले तामाङलाई संगठनले ६ महिनाको निम्ति अध्यक्ष पदबाट निलम्बित गरेको छ । मंगोल नेशनल अर्गनाइजेशन प्रदेश नम्बर तीन सभाले एक विज्ञपति जारी गर्दै अध्यक्ष तामाङलाई अध्यक्ष पदबाट निलम्बन गरेको जनाएको छ । रसुवा जिल्ला सभाका अध्यक्ष किशोर गोलेको श्रीमती माया तामाङले 26 जनवरी 2019 का दिन संगठनको केन्द्रीय कार्यलयमा आफू र आफ्ना १५ महिनाको छोरालाई विचल्ली पारेको र आफुलाई न्याय मिलाई दिन भन्दै उजुरी गरेपछि प्रदेश सभाले निज तामाङलाई यस बारेमा अनुसन्धान गर्नुपर्ने भएकोले कार्वाही गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

                संगठनको विधान धारा १० को उपधारा ४ च, ज अनुसार तामाङको व्यवहारले संगठनलाई आँच आउने भन्दै धारा १० को उपधारा १ घ अन्तर्गत उनलाई 26 फेब्रुअरी 2019 देखि ६ महिनाको लागि निलम्बित गरिएको प्रदेश नम्बर तीन सभाका अध्यक्ष लाक्पा तामाङ र सचिव राजेन्द्र तामाङद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्