शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवाको कालिकामा एम. एन. ओ. को वडा सभा

mongolvision | 29 डिसेम्बर 2021

रसुवाको कालिकामा एम. एन. ओ. को वडा सभा


रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा कालिका गाउँपालिका - ४ स्थित सम्पन्न एक मंगोल प्रशिक्षण कार्यक्रम विच एम. एन. ओ. कालिका -४ वडा सभा गठन भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा रसुवाका अध्यक्ष विकास तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य रिन्छेन तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि प्रथम वाग्मती अधिवेशन मूल आयोजक सभाका प्रचारप्रसार सचिव कर्म तितुङ रहनुभएको थियो भने  अतिथिका रुपमा नुवाकोट जिल्ला सदस्य जित मान तामाङ रहनुभएको थियो । कार्यक्रमकै विच राम बहादुर थिङको अध्यक्षतामा १४ सदस्यीय कालिका -४ वडा सभा गठन भएको छ । सचिव, कोषाध्यक्षमा क्रमश सजिना तामाङ, माइला तामाङ रहनुभएको छ भने सदस्यहरुमा सरिता बम्जन, सोम माया तामाङ, मिना तामाङ, फुलमाया तामाङ, शान्ता तामाङ, चतुरमान तामाङ, पदम कुमार तामाङ, निरमाया तामाङ, मुन साङ तामाङ, गोमा तामाङ र प्याकुली तामाङ रहनुभएको छ । रसुवा जिल्ला सभाका पदाधिकारीहरु र स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रममा    जिल्ला सदस्य सम्देन शेर्पाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव बिनद थिङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्