mongolvision | 4 नोभेम्बर 2021
रसुवा / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा रसुवा द्वारा रसुवा नौकुण्ड गाउपालिका वडा नं ६ सेर्स्युङमा एक दिने प्रशिक्षण कार्यक्रम तथा वडा सभा गठन सम्पन्न ।
कात्तिक १७ गते बुधबार जिल्ला सभा रसुवाको अध्यक्ष बिकास तामाङ को सभाअध्यक्षमा सम्पन्न भएको एक कार्यक्रम बीच नौकुण्ड गाउँ पालिका वडा न ६ जोशिला घिसिङ्को अध्यक्षतामा १५ सदस्यीय वडा सभा गठन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सर्बोच्च सभा सभा सदस्य तथा कार्यालय सचीव रिन्चेन तामाङ,विशेष अतिथिमा केन्द्रिय सदस्य मेन लामा तामाङ, अतिथि बाग्मती प्रान्तीय सभा सदस्य कर्म तितुङ,एम.एन.ओ, ,प्रचार प्रसार सचीव पासाङ तामाङ, नुवाकोट जिल्ला सभा सदस्य सुरेन्द्र तामाङ,सदस्य सम्देन शेर्पा,मिङमार दोर्जे तामाङ ,लाक्पा तितुङ, सदस्य मान बहादुर तामाङ को उपस्थितिमा मा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मन्तव्यको क्रममा प्रमुख अतिथी रिन्चेन तामाङ ले अब यो देशको मुक्ति र ८०% मुलबासी मंगोल हरुको अस्तित्व प्राप्तिको निम्ति मंगोल नेशनल अर्गनाइजेशन को विकल्प नरहेको बताउनु भयो। मन्तव्यकै क्रममा बिशेष अतिथि मेन लामा तामाङ ले पनि आफ्नो गाउँ ठाँउमा हिन्दु बादले मंगोलहरु माथी गरिएको थिचोमिचो प्रत्यक्ष अप्रत्यक्ष रूपमा घटाएको घटना हरुको विषयमा प्रष्ट पारिदिनु भयो । स्वागत मन्तब्य लाक्पा तितुङ्ले दिनु भएको थियोभने जिल्ला सभा सदस्य पासाङ डोल्मा शेर्पा ले सन्चालन गर्नु भएको थियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology