सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवाको नौकुण्ठमा मंगोलको प्रशिक्षण

mongolvision | 14 अक्टोबर 2021

रसुवाको नौकुण्ठमा मंगोलको प्रशिक्षण


रसुवा / मंगोल नेशनल अर्गनाइजेशन  जिल्ला सभा रसुवाको आयोजनामा  रसुवामा एक दिने मंगोल वाद बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीवार  जिल्ला सभा  रसुवाको  अध्यक्ष  बिकास तामाङ को सभाअध्यक्षमा एबम संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यलय सचिब रिन्छेन तामाङको प्रमुख अतिथीमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । रसुवाको नौकुण्ठ गाउँ पालिका वाड न ५ भोर्लेमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथि तामाङले  प्रशिक्षण प्रदान  गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा उहाँले मंगोल दर्शन र एम एनओको सिद्धान्त बारेमा प्रष्ट पार्नु भयो । त्यस्तै अब मुलबासी मंगोलहरु एम एनओमा लाग्नुको विकल्प नभएको बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य मेन लामा ,बागमती प्रान्तीय सभाका प्रचार प्रसार सचिब सालिक थापा मगर ,सदस्य सदस्य कर्मा तितुङ ,जिल्ला सभाका प्रचार सचिब पासङ तामाङ लगायतले पनि मन्तव्य राख्नुहुँदै संगठनको बारेमा बताउनु भएको थियो ।
प्रशिक्षण कार्यक्रमकै अवसर पारेर वडा न ५ मा  जगत तामाङको अध्यक्षतामा १७ सदस्य तदर्थ  वडा सभा गठन गरिएको छ । तदर्थ वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथी तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा भोर्लेका मुलबासी जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।  मन्तव्य पासाङ डोल्मा शेर्पाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम   जिल्ला सभा सह-सचीव बिनोद थिङ ले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्