शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवाको विभिन्न स्थानमा एम.एन.ओ को सस्थापक प्रेसिडेण्ट ड. गोपाल गुरुङ चौथो स्मृति सभा सम्पन्न

विनोद थिङ | 10 जून 2020

रसुवाको विभिन्न स्थानमा एम.एन.ओ को सस्थापक प्रेसिडेण्ट ड. गोपाल गुरुङ चौथो स्मृति सभा सम्पन्न

रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाको आयोजनामा संगठनका सस्थापक प्रेसिडेन्ट युग पुरुष अमर ड. गोपाल गुरुङ ज्युको चौथो स्मृति सभा 10 जुन 2020 को दिन उत्तरगया गाउपालिका, मानेगाउ रसुवामा सम्पन्न भएको छ । जयन्ती तामाङको सभाध्यक्षतमा सम्पन्न कार्यक्रमलाइ एम.एन.ओ बाग्मती प्रदेश सभाका सदस्य कर्म तामाङ ज्यु को प्रमुख आतिथ्यथा रहेको थियो । प्रमुख अतिथी तामाङले ड. गोपाल गुरुङ ज्यु ले गर्नु भएको संघर्षको बिषयमा प्रस्टाउदै अबका मंगोल युवायुवती हरु एम.एन.ओ दर्शनलाइ आत्मसात गर्नु पर्ने बेला आएको बताउनु भएको थियो । कार्यक्रममा एम.एन.ओ उत्तरगया गाउपालिका रसुवाका अध्यक्ष बिनोद तामाङले बाहुनवाद र हिन्दुवादले समाज र देशमा पारेको नकारात्मक असरको बारेमा प्रष्टाउदै सम्मुन्न समाज र देश बिकासको निम्ति मंगोल नेशनल अर्गनाइजेशनको अपरिहार्यता रहेको कुरालाइ जोड दिनु भएको थियो भने कार्यक्रम बिकास तामाङले संचालन गर्नु भएको थियो । यस्तै चौथो स्मृति सभाकै अवसरमा नौकुण्ड रसुवा निवासी संगठनका केन्द्रिय सदस्य मेन लामा तितुङले आफ्नै निजि निवासमा संगठनका स्थानीय कार्यकर्ता भेला गरि फाउण्डर प्रेसिडेन्टको उच्च मुल्यांकन सहित सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्