बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवामा एमएनओको प्रशिक्षण

Pradiksha Mongol | 19 मार्च 2020

रसुवामा एमएनओको प्रशिक्षण

रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन उत्तरगया गाउँपालिका सभाको सक्रियतामा एकदिने बृहत मूलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    19 मार्च 2020 को दिन उत्तरगया गाँउपालिका सभाको कोषाध्यक्ष जानुका तामाङको सभाध्यक्षतामा संगठनको केन्द्रिय सर्वोच्च सभाको सदस्य अक्कल तामाङको प्रमुख आतिथ्यतामा भुवनेश्वरी विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले संगठनको पृष्ठभुमिलाई केलाएर विगतमा एमएनओलाई विभिन्न आतंककारी दलहरुबाट संचालित छ भन्नको निम्ति गरेको विभिन्न षड्यन्त्रहरुको वैचारिक युद्धले सामना गर्दै जितेको र त्यसैगरि संगठनलाई ध्वस्त पार्न खोज्ने 80 प्रतिशत अहिन्दु मूलबासी मंगोलहरुको साझा शत्रु अति हिन्दुवादी र त्यसबाट संचालित अनेकन सडयन्त्रबाट संगठनलाई बचाएर यहाँसम्म ल्याँउदाको इतिहासलाई सबै नेता साथै कार्यकर्ताहरुले ध्यानमा राखेर संगठनलाई आँच आउने खालको कुनै गतिविधि वा षड्यन्त्र विरुद्ध सबैजना कटिबद्ध भएर संगठनको हितमा लाग्नुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

    यसैगरि कार्यक्रमको विशेष अतिथी संगठनको केन्द्रिय सर्वोच्च सभा सदस्य साथै आर्थिक सभाको सदस्य सान बहादुर मेचेले संगठनको बारेमा आधारभूत प्रशिक्षण प्रदान गर्नुभएको थियो । विशेष अतिथि एमएनओ केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्छेन दोर्जे तामाङले पनि एमएनओको विभिन्न जगारण अभियानहरुलाई छाँयामा पार्न मंगोलकै माग मुद्दाहरु लिएर बाहुनको बिरोध गरे जस्तै गर्ने मंगोलकै मुकुण्डो भिरेर बाहुनको भकुण्डो बन्नेहरुबाट जोगिएर काम गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा अतिथिहरु संगठनको केन्द्रिय सदस्य मेन लामा तितुङ, वैकल्पिक सदस्य प्रेम बहादुर श्रेष्ठ, बागमती प्रदेश सभाको सदस्यहरु कर्म तामाङ, सुर्य बहादुर तामाङ, दिलमान तामाङ र नुवाकोट जिल्ला सचीव प्रदिक्षा तामाङको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अमित लामाले स्वागत मन्तव्य राखेका थिए भने उत्तरगया गाँउपालिका सभा अध्यक्ष बिनोद तामाङले कार्यक्रम सञ्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्