मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 22 मार्च 2021

रसुवामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम 20 मार्च 2021 का दिन सम्पन्न भएको छ ।
संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङको प्रमुख आतित्यथामा सम्पन्न प्रशिक्षण कार्यक्रमको सभाध्यक्षता जिल्ला सभाका अध्यक्ष बिकास तामाङले गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रम भर्खरै सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाइ लक्षित गरेर राखेको आयोजक सभाका अध्यक्ष बिकास तामाङले बताउनु भएको छ ।
कार्यक्रममा मुख्य प्रशिक्षकको भुमिका निभाउनु भएका प्रमुख अतिथि तामाङले नेपालमा लोकतन्त्रलाई संरक्षण गर्दै दिगो बिकासको लागि एम.एन.ओ लाई आउने निर्वाचनमा अग्रसर बनाउने संगठनको कार्यकर्ताहरुले खेल्नुपर्ने भुमिका र दायित्वको बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । बाग्मती प्रदेश सभाका प्रचार सचिव सालिक थापा मगरको बिशेष आतित्यथा रहेको कार्यक्रममा अतिथिहरु प्रदेश सभका सदस्य द्वय सुर्य तामाङ र कर्म तामाङको उपस्तिथि रहेको थियो । जिल्ला सभाका सदस्य पासाङ डोल्मा तामाङको स्वागत मन्तव्य रहेको कार्यक्रम जिल्ला सहसचिव बिनोद तामाङले संचालन गर्नु भएको थियो ।

रसुवामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्