बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवामा मंगोलको तीन दिने प्रशिक्षण सम्पन्न ।

Lassim Hang Mongol | 20 जनवरी 2019

रसुवामा मंगोलको तीन दिने प्रशिक्षण सम्पन्न ।

रसुवा/ मंगोल नेशनल अर्गनाइजेसन रसुवा जिल्ला सभाको अायोजनामा जिल्ला स्तरीय तीन दिने सांगठनिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रसुवाको सदरमुकाम घुन्चे स्थित होटल सनसाइनको सभाहलमा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय सचिव रिन्क्षेन दोर्जे तामाङको प्रमुख अातिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि तामाङले सहभागी नेता, कार्यकर्ताहरुलाई सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। १६ जनवरी बुधबार बाट सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको थियो।प्रशिक्षण प्रदान गर्ने क्रममा तामाङले सांगठनिक अलावा व्यक्तित्व विकास, नेतृत्व विकास र उद्घोषण सम्बन्धि समेत प्रशिक्षण प्रदान गर्नु भएको थियो। रसुवा जिल्लाका विभिन्न स्थानीय तहहरुका नेताकार्यकर्ताहरुको सहभागीतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्यद्वय मेन लामा, अरुणा थामी, प्रदेश नं.३ सभाका सचिव राजेन्द्र तामाङ, सदस्य कर्मा तामाङ लगायतको पनि उपस्थिति रहेको थियो। जिल्ला सभा रसुवाका अध्यक्ष किशोर गोलेको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई जिल्ला सचिव ओम सिंह तामाङ र सदस्य सुप्रिम तामाङले संयुुक्त रुपमा सञ्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्