आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवामा पनि कथित दशैं बहिष्कार

mongolvision | 15 अक्टोबर 2021

रसुवामा पनि कथित दशैं बहिष्कार

 

रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाले अाफ्नो कार्यालय कालिका घुती र नौकुण्ड गाउँपालिका वडा नं. ६ मा  कथित हिन्दुहरुको चाड दशैं बहिष्कार कार्यक्रम सम्पन्न गरेको छ ।

१५ अक्टोबर २०२१ शुक्रबार रसुवा जिल्ला अध्यक्ष विकास तामाङको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य मेन लामाको प्रमुख अातिथ्यतामा कथित दशैं बहिष्कार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अतिथिमा बागमती प्रदेश सभा सदस्यद्वय सूर्य बहादुर तामाङ र कर्मा तामाङ रहनुभएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि, अतिथि गण लगायत जिल्ला सहसचिव विनोद थिङ, सदस्य वाङ्दे घले, जीतमान तामाङ र माने तामाङले मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रममा कालो टीका बहिष्कार स्वरुप लगाई दशैं बहिष्कार कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला प्रचारप्रसार सचिव पासाङ तामाङले सञ्चालन गर्नुभएको थियो ।
त्यस्तै नौकुण्ड गाउँपालिका वडा नं. ६ मा रसुवा जिल्ला सदस्य सम्देन सेर्पाको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य मेन लामाको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सदस्य कर्मा तामाङ र रसुवा जिल्ला सदस्य जीतमान तामाङले कथित दशैं बहिष्कार सम्बन्धि मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रम जिल्ला सदस्य पासाङ डोल्मा सेर्पाले सञ्चालन गरेका थिए ।

रसुवामा पनि कथित दशैं बहिष्कार

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्