बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवामा उत्तगया गाउपालिका सभा गठन

Pradiksha Mongol | 29 फेब्रुअरी 2020

रसुवामा उत्तगया गाउपालिका सभा गठन

रसुवा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाको आयोजनामा 29 फेब्रुअरीमा उत्तरगया गाउँपालिका वडा नम्बर 4 मनिगाउँ स्थित भुवनेश्वरी प्राथमिक विद्यालयको प्राङ्गणमा रसुवा जिल्ला सभा सदस्य विकास तामाङको सभाध्यक्षता र संगठनको केन्द्रिय सर्वोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतिथ्यतामा एकदिवसीय मूलबासी मंगोल विषयक प्रशिक्षण साथै बिनोद तामाङको अध्यक्षतामा 22 सदस्यीय उत्तगया गाउँपालिका सभा गठन कार्यक्रम सम्पन्न भएको छ।

    सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मंगोल नेशनल अर्गनाइजेशनको क्रमबद्ध लक्ष्यहरु पहिलो मूलबासी मंगोलको साझा शत्रु चिनाउनु हक अधिकार र अग्र अधिकार दिलाउनु त्यसपछि निरन्तर यो देशको जनताहरुको हितमा काम गर्ने निर्धारण भएको प्रष्टाउनु भएको थियो। त्यसैगरी विशेष अतिथीहरु केन्द्रिय सदस्य मेन लामा तितुङ र बागमती प्रदेश सभा सदस्य दिलमान तामाङले मंगोलहरु एकजुट हुने पर्नेमा जोड दिनुभयो ।

 

रसुवामा उत्तगया गाउपालिका सभा गठन

विशेष अतिथि बागमती प्रदेश सभा सदस्य कर्म तामाङले मानव उत्पत्तिबारे वैज्ञानिक प्रमाणहरु पेश गर्दै प्रशिक्षणात्म मन्तव्य राखेको थियो यसैगरि अतिथी उमा तामाङले अल्पसंख्यक हिन्दु शरणार्थी बाहुनक्षेत्रीहरुको षडयन्त्रले लुटिएको सम्पुर्ण अधिकार फिर्ता गराउन मंगोल नेशनल अर्गनाइजेशनको दर्शन सिद्धान्तनिष्ठ रहेर युवाहरु अग्रसर हुनुपर्ने मन्तव्य व्यक्त गरेको थियो भने ओम सिङ तामाङले स्वागत मन्तव्य राखेर प्रदिक्षा तामाङले कार्यक्रम संचालन गरेको थियो। उतरगया गाउँपालिका सभामा अध्यक्ष बिनोद थिङ तामाङ, सचिब सन्तोश तामाङ, कोषाध्यक्ष जानुका तामाङ , सहसचिब सुवास लामा सदस्यहरु लक्षमन गलन, सन्जिता गोले, सुस्मिता गोले, कबिता तामाङ, सानुमाया गोले, अमित लामा, अश्विन थिङ, सन्तोस ग्लान, सुरेन्द्र घले, प्रर्मिला ग्लान, प्रकाश ग्लान, उपेन्द्र थिङ, सरोज थिङ, सुभ लक्ष्मी ग्लान, राजेन्द्र ग्लान, सन्त बहादुर थिङ र बिलास थिङ निर्वाचित भएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्