आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवा उत्तरगयामा प्रशिक्षण तथा वडा सभा गठन

Mongol Vision | 10 अप्रिल 2021

रसुवा उत्तरगयामा प्रशिक्षण तथा वडा सभा गठन

रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाको आयोजनामा 10 अप्रिल 2021 का दिने एकदिने प्रशिक्षण तथा वडा सभा गठन सम्पन्न भएको छ ।
जिल्ला सभाका अध्यक्ष बिकास तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतित्यथा संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङले गर्नु भएको थियो । उत्तरगया गाउँपालिका 1 नम्बर वडा मैलुङ बजारमा खुल्ला रुपमा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षण प्रदान गर्ने क्रममा प्रमुख अतिथी तामाङले मुलुकको 80 प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदायहरु षड्यन्त्रको कारण अधिकार बिहिन हुनुपरेको ले मंगोल नेशनल अर्गनाइजेशनलाइ चिनेर निर्वाचनको बेला सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा विशेष आतित्यथा संगठनका केन्द्रीय सदस्य लालकुमारी थापाले गर्नु भएको थियो । यसैगरी अतिथीहरु एम.एन.ओ बाग्मती प्रदेश सभाका प्रचार सचिव सालिक थापा मगर, सदस्य कर्म तामाङ, रसुवा जिल्ला सभा सचिव ओमसिह तामाङ, प्रचारप्रसार सचिव पासाङ तामाङ, जिल्ला सदस्य सन्जिता तामाङ, साम्देन तामाङ, एम.एन.ओ का सक्रिय सदस्य जित बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रमकै अवसरमा पोमाया तामाङको अध्यक्षतामा 19 सदस्यीय उत्तरगया 1 नम्बर वडा सभा गठन भएको छ । निर्वाचित पदाधिकारीहरुलाइ कार्यक्रमका विशेष अतिथी लालकुमारी थापाले खादा लागाइ बधाई तथा सम्मान ब्यक्त गर्नु भएको थियो । सन्जिता तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम जिल्ला सहसचिव बिनोद तामाङले संचालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्