शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

संबिधानमा मुलबासी मंगाेल लेख भन्दै उर्लियाे नवलपुरमा मुलबासी मंगाेलकाे लहर

Sandeep Sinjali | 10 जनवरी 2019

संबिधानमा मुलबासी मंगाेल लेख भन्दै उर्लियाे नवलपुरमा मुलबासी मंगाेलकाे लहर

प्रदेश ४/नवलपुर
यही पाैष २६/१० जनवरी गते नेपालकाे लाेकमार्गकाे मध्यभागमा अवस्थित नवलपुर जिल्लाकाे कवासाेतीमा मंगाेल नेशनल अर्गनाईजेशन जिल्ला सभा नवलपुरकाे अायाेजनामा जिल्ला स्तरिय खुल्ला मंगाेल सभा सम्पन्न भएकाे छ। सदरमुकाम कावासाेती मा अायाेजना गरिएकाे उक्त खुल्ला सभामा जिल्लाकाे बिभन्न स्थान बाट मुलबासी मंगाेलहरु सहभागी भएका थिए।
जिल्ला सभा नवलपुरका अध्यक्ष सारुकाे अध्यक्षतामा अायाेजना गरिएकाे उक्त कार्यक्रम काे प्रमुख अतिथिमा एम.एन.अाे केन्द्र सभाका मुल सचिब थम्मन बुढा मगर, बिशिष्ठ अतिथि केन्द्रीय सदस्य कल्पना थापा मगर, केशु रास्काेटी मगर, प्रेम छीरी सर्पा, लाल ब. दर्लामी, शिब जित गुरुङ, साेम गुरुङ, रूपा दर्लामी लगाएत प्रदेश नं ४ र ५ का प्रतिनिधिहरुकाे पनि अाथित्य रहेकाे थियाे। 

संबिधानमा मुलबासी मंगाेल लेख भन्दै उर्लियाे नवलपुरमा मुलबासी मंगाेलकाे लहर

कमवासाेतीकाे सहिद गेटबाट सुरु भएकाे र्याली फलफुल चाेक, कावासाेती नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै थकाली चाेक पुगी फर्केर कार्यक्रम स्थल फलफुल चाेक स्थित कार्यक्रम स्थलमा बिसर्जन भएकाे थियाे। हामी मंगाेल हिन्दु हाेईनाै, जातजाति भन्दैनाै, हिन्दु चाँड मान्दैनाै, लाेकतन्त्र हाम्राे प्राण हाे, धर्मनिरपेक्ष हाम्राे मुटु हाे, संघियता हाम्राे अंग हाे, संबिधानमा मुलबासी मंगाेल लेख, वर्ण भेदी नीति अन्त्य गर, चन्द्रसुर्य अंकित अराष्ट्रिय झण्डा बदली गर, राष्ट्रिय जनावर गाइ हाेइन कस्तुरी म्रिग राख, अादिवासी जनजाती अन्तराष्ट्रिय ठग जमात हुन्, अादिवासी जनजाति बाउनक्षेत्री हुन् जस्ता नारा र्याली भरी लगाईएकाे थियाे।
एम.एन.अाे केन्द्रीय सभाकाे सदस्य अायुष बि.क ले संचालन गर्नुभएकाे उक्त कार्यक्रमका केही अतिथिहरुले अाफ्नाे मन्तब्यमा अब मुलबासी मंगाेलहरु अाफ्नाे देशमा शासन गर्ने बेला अाएकाे र सबैलाई तयार रहन अाग्रह गरेका थिए। कार्यक्,मका बिशेष केन्द्रबिन्दु रहेका प्रमुख अतिथि थम्मन बुढा मगरकाे मन्तब्यले सहभागीहरूकाे ध्यान केन्द्रित गरेकाे थियाे। बुढा मगरले अब अहिन्दु मुलबासी मंगाेल नजागे कहिल्यै पनि मुक्ती नहुने र देशमा दिगाे शान्ती, समृद्धि र बिकास नहुने भन्नू भएकाे थियाे। गाऊ गाऊ जाउ मुलबासी मंगाेल जगाऊ अभियान लाई अझै तिब्र रुपले लैजान एम.एन.अाे काे कार्यक्रताहरुलाई अाग्रह गर्दै र अाम मुलबासी मंगाेलहरुलाई सहयाेग गर्न अनुराेध गर्नु भएकाे थियाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्