शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुचना - सुचना -सुचना

Mongol Vision News | 23 मार्च 2019

सुचना - सुचना -सुचना

जित सँगसँगै हार-हाँसो सँगसँगै आँसु पनि आउँछ भने झैं यतिबेला मंगोल राष्ट्रवादको दर्शन बुझेर देश र समाज परिवर्तन गरी छाड्ने अठोट बोकेर जित्नलाई हिडेका मंगोल युवाहरुको दिनानु दिन दुई गुणा रात चौगुनाले संख्या बढ्दो छ भने, अर्को तर्फ ब्यक्तिगत स्वार्थ पट्याएर ब्रम्हलुट मचाउने ध्ययमा एमएनओ र संस्थापक प्रेसिडेन्ट अमर ड. गोपाल गुरुङको बद्नाम गरेर देश र समाजलाई भड्खालोमा हाल्न सघाउने मंगोल अनुहारकाहरुको जमात पनि देखा परेका छन्। एकताका 2047 साल तिरको कुरा हो, एमएनओका कार्यकर्ताहरु झापा जिल्लाको पृथ्वी नगरदेखि इलाम हुँदै पाँचथरको तोकमे डाँडा सम्म फैलिइएको थियो। तेतिबेला पनि एमएनओका केही लोभी र स्वार्थी कार्यकर्ताहरुलाई उक्साएर झापाको तेलपानी काण्ड मचाउन लगायो। यो षड्यन्त्र ड.गोपाल गुरुङलाई हत्याहिंसा गर्ने पार्टीको नेता बनाएर बद्नाम गराउनु थियो। र अर्को षड्यन्त्र इलामको दानाबारी नजिकैको मंगोल डांडा र चिलिमकोट डाँडाको जंगल फाँडन लगायो। कैयौं समर्थक र कार्यकर्ता पक्राउ परे। धनजनको हानी भयो। मुद्दा खेप्नुपर्ने भयो। यो चाहीं एमएनओलाई भोट जित्न नदिने षड्यन्त्र थियो। धेरै कार्यकर्ता, समर्थकहरु एमएनओ छाडेर एमएनओको नामै लिन नचाहने भयो। आज भोलि पनि एमएनओको कुरा सुनायो भने मुख बटार्छन। तर पनि 2048 सालको चुनावामा एमएनओका उम्मेदवार क्याप्टेन आसबहादुर लिम्बुले सांढे 8 हजार मत ल्याएर इलाममा दोस्रो पोजिसन ल्याउनु सफल भएको थियो भने, अर्को क्षेत्रको उम्मेदवार बालकुमार फागोले पनि 7 हजार मत ल्याएका थिए। यसप्रकारले शुरुमै जित्ने चुनाव पनि एमएनओ उम्मेदवारहरुले हार्नु परेको थियो। युगपुरुष अमर ड. गोपाल गुरुङज्युले नेपालका मुलवासी मंगोलहरुलाई आफनै देशमा मालिक भएर बाँच्दा पनि जिउँदो मान्छे जस्तो भएर बाँचोस र मर्दा पनि मान्छे जस्तो भएर मरुन भनेर जेलनेल, भुमिगत जीवन सहनु भयो। सर्वस्वहरण हुनेगरी लुटिनु परयो। अनेकौ धाक धम्की र भुक्तमान सहेर बांच्नु पर्यो। 2047 सालको तेलपानी काण्ड र चिलिमकोट र मंगोल डाँडा जंगल फडानीको षड्यन्त्र र 2074 को स्रीनिवास काण्ड र कोशीटप्पुको जग्गा बितरणको षड्यन्त्र एउटै उद्देश्यको थियो। एमएनओ‌लाई खत्तम गर्न र ड. गुरुङ लाई बद्नाम गर्न अनेकौं रुप फेरेर षडयन्त्रकारीहरु आउन छाड्ने छैनन।यसकारण मंगोल नेशनल अर्गनाइजेशनलाई प्राण भन्दा प्यारो ठान्नु हुने र संस्थापक अमर ड. गोपाल गुरुङज्युलाई महान नेता मान्ने तंपाईं नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक महानुभावहरुले अत्यन्त सजक र सतर्कता अपनाएर साहस गर्ने दिनहरु आएको छ। नत्र काम बितिसकेपछि पश्चताप गर्नु बाहेक अर्को बाटो रहँदैन। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्