सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

संखुवासभामा एम. एन. ओ. को तदर्थ जिल्ला सभा

mongolvision | 2 मार्च 2022

संखुवासभामा एम. एन. ओ. को तदर्थ जिल्ला सभा


 संखुवासभा /  मंगोल नेशनल अर्गनाइजेशन संखुवासभा तदर्थ जिल्ला सभा गठन भएको छ । 
१ मार्च २०२२ का दिन मंगोल नेशनल अर्गनाइजेशन १ नं. प्रान्तीय सभाका अध्यक्ष भाष्कर चाम्लिङको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय प्रचारप्रसार सचिव मणि पापोको प्रमुख आतिथ्यतामा सम्पन्न एक प्रशिक्षण कार्यक्रम बिच एम. एन. ओ. संखुवासभा तदर्थ जिल्ला सभा गठन भएको हो । कार्यक्रममा मंगोल अनलाईन टिभीका पत्रकार अर्जुन लोवाको पनि आतिथ्यता रहेको थियो । 
कार्यक्रममा अर्जुन लोवाले मानव उत्पत्ति, अस्तित्व र पहिचान लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पापोले एम. एन. ओ. को राजनैतिक धारणा र उद्देश्यको बारेमा उपस्थित लोक समुदायहरुमा प्रष्ट्याउनुभएको थियो । उहाँले अबको समय मूलबासी मंगोलहरु आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो । 
कार्यक्रमकै बीच प्रदेश राईको संयोजकत्वमा १४ सदस्यीय एम. एन. ओ. संखुवासभा तदर्थ जिल्ला सभा गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमश: आयुस्मा गुरुङ, इन्द्र गुरुङ,  गणेश गुरुङ, माया गुरुङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा टंक कुमार गुरुङ, रानु गुरुङ, चन्द्रकला गुरुङ, ममता गुरुङ, टंक बहादुर गुरुङ, सुनित गुरुङ, सुनिल राई, जानुका गुरुङ र सुर्य बहादुर तामाङ रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्