बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुलिकोटमा प्रशिक्षण तथा टुकराङ टोल सभा गठन सम्पन्न

Anita Thapa Magar | 17 मे 2019

सुलिकोटमा प्रशिक्षण तथा टुकराङ टोल सभा गठन सम्पन्न

गोर्खा / मिति २०७६/०२/०२ गते तदानुसार 16th may 2019 मा गोर्खाको बारपाक सुलिकोटमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोर्खा सुलिकोट गाउँ सभाको आयोजनामा सुलिकोट गाउँ सभाको अध्यक्ष तुल बहादुर गुरुङ ज्यु को सभाध्यक्षतामा र वरिष्ठ केन्द्रिय सदस्य दिलिप याङमालि ज्यु को प्रमुख आतिथ्यतामा एकदिने मंगोल विषयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणमा विशिस्ट अतिथिमा केन्द्रिय सदस्य तथा आर्थिक सभाका सदस्य सोम बहादुर गुरुङ हुनुहुन्थ्यो । उक्त प्रशिक्षण पश्चात् श्याम बहादुर थिङको अध्यक्षतामा मंगोल नेशनल अर्गनाइजेशन टुकराङ टोल सभाको गठन भएको छ । सचीव, कोषाध्यक्ष, सल्लाहकारमा क्रमशः अमृत तामाङ, लक्ष्मी तामाङ, धन बहादुर थिङ साथै सदस्यहरुमा ; हरि कुमार बराम, लालध्व्ज राना मगर, सन्जिव बराम हुनुहुन्थ्यो । कार्यक्रम एमएनओ गोर्खा जिल्ला अध्यक्ष गंगा राना मगर ज्यु ले संचालन गर्नुभएको थियो । प्रशिक्षणमा प्रशिक्षकले अस्तित्व विना मानव जीवन पशु सरह हुन्छ भन्दै ८०% अहिन्दु मूलबासी मंगोलहरु अस्तित्व प्राप्तिको लागि एकजुट भइ अगाडि बढ्नु पर्ने कुरामा जोड दिँदै इतिहासका बारेमा छर्लङ्ग पार्नु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्