मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनापातिको गाल्पा बजारमा मंगोल नेशनल अर्गनाइजेशन

Mongolvisionnews | 17 डिसेम्बर 2019

सुनापातिको गाल्पा बजारमा मंगोल नेशनल अर्गनाइजेशन

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रामेछापको संगठन बिस्तार अभियानको क्रममा 17 डिसेम्बर 2019 का दिन जिल्ला सभाका अध्यक्ष चन्द्र प्रकाश घिसिङको सभाध्यक्षमा 1 दिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम तथा वडा सभा गठन भएको छ । संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य तथा केन्द्रिय सचिवालय सचिव रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथा रहेको कार्यक्रममा केन्द्रिय सदस्य मंगोल भक्ता खपाङ्गी मगरको बिशेष आतित्यथा रहेको थियो । सुनापाती गाउपालिका -2, गाल्पा बजार स्थित राष्ट्रिय तेक्वान्दो एकेडेमी को सभा हलमा सम्पन्न प्रशिक्षण कार्यक्रम प्रमुख अतिथी तामाङले मंगोल नेशनल अर्गनाइजेशनको आवश्यकता नेपाली राजनीतिमा किन भन्ने बिषयलाइ प्रष्टाउदै महामानव बुद्दले प्रतिपादन गर्नु भएको दर्शनको समानता, स्वतन्त्रता र भातृत्व मा निहित रहि लोकतान्त्रिक समाजवाद व्यबस्था स्थापनाको लागि बर्तमान नेपालि राजनिती को मुलधारमा एम.एन.ओ. आवश्यकता रहेको कुरा प्रष्टाउनु भएको थियो । कार्यक्रममा 3 नम्बर प्रदेश सभा का सदस्य द्वय सागर आले, बिराज घिसिङ, धादिङ जिल्ला सभाका अध्यक्ष सन्तोष कुमार तामाङ, रामेछाप जिल्ला सभाका कोषाध्यक्ष ओमनारायण श्रेष्ठ, सल्लाहकार नवराज मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कै अवसरमा सुनापाती गाउपालिका 2 वडा सभा राजकुमार तामाङको अध्यक्षतामा 19 सदसिय वडा सभा पुनर्गठन भएको छ । पुर्नगठित सभाका सचिव, कोषाध्यक्ष र सहसचिवमा दिना मोक्तान, उत्तम लामा, दिपक मगर र सदस्यहरुमा क्रमश बबिता थापा मगर, समिक्षा थापा मगर, कर्म लामा, ज्ञान बहादुर तामाङ, सोम बहादुर घिसिङ, राजकुमार घिसिङ, देवराज घिसिङ, रामलाल घिसिङ, राजेन्द्र घिसिङ, मोहन थापा मगर, तिर्थराम घिसिङ, हेमन्त खपाङ्गी मगर, रेशम थापा मगर, ज्ञान कुमार मोक्तान, समर थापा मगर चयन भएको छ । कार्यक्रम जिल्ला सभा सचिव भुवन घिसिङले संचालन गर्नु भएको थियो ।

सुनापातिको गाल्पा बजारमा मंगोल नेशनल अर्गनाइजेशन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्