शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुन्दरी चौकमा एमएनओको प्रशिक्षण सम्पन्न

Mongol Vision News | 9 जून 2019

सुन्दरी चौकमा एमएनओको प्रशिक्षण सम्पन्न

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन को गाउँ गाउँ जाउ मूलबासी मंगोल जगाउ अस्तित्व बचाउ अभियानलाई आत्मसाथ गर्दै एमएनओ जिल्ला सभा मोरङको सक्रियतामा २०७६/२/२६ आइतवार मोरङ जिल्लाको पथरी सनिश्चरे ३ सुन्दरी चौक मा एकदिने मूलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न भएको छ। अहिन्दु मूलबासी मंगोल दर्ज बहादुर घिसिङ ज्यु को सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा एमएनओका केन्द्रिय सदस्य सुरज फोम्बो ज्यु को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अतिथिमा ताप्लेजुङ गाउँ सभाबाट प्रकाश फेम्बु उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथिद्वारा प्रशिक्षण प्रदान गरिदै श्रीया तमु, रबिन्द्र श्रेष्ठ द्वारा पनि मन्तव्य राखिएको थियो । त्यस्तै स्वागत मन्तव्य टेक बहादुर मगर ज्यु ले राख्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्