बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुन्दरबजार नगरको ५ नम्बर वडा सभा गठन

Aneeta Thapa Magar | 14 अप्रिल 2021

सुन्दरबजार नगरको ५ नम्बर वडा सभा गठन

लमजुङ/ मंगोल नेशनल अर्गनाइजेशन सुन्दर बजार नगर सभाको आयोजनामा १४ अप्रिल २०२१ का दिन सुन्दरबजार नगरपालिका वडा नम्बर ५ खहरे स्थित पन्चशिल तामाङ समाज भवनमा एकदिने प्रशिक्षण तथा वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।

नगर सभाका अध्यक्ष कृष्ण बहादुर गुरुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतित्यथा संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङले गर्नु भएको थियो । कार्यक्रममा एम एनओ जिल्ला सभा लमजुङमा अध्यक्ष बिकास गुरुङको विशेष आतित्यथा रहेको थियो भने अतिथिहरुमा जिल्ला सभाका प्रचार प्रसार सचिव रामजी दर्जी, जिल्ला सदस्य बिर्ख बहादुर गुरुङ, भिम बहादुर गुरुङ, आशिष गुरुङ, रचना थापा गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा प्रशिक्षण प्रदान गर्ने क्रममा प्रमुख अतिथी तामाङले युग पुरुष अमर ड.गोपाल गुरुङको त्याग र तपस्याले मुलुकमा स्थापित लोकतान्त्रिक ब्यवस्थालाई सङ्ग्ल्याउदै कार्यन्वयन गराउन एम एनओलाई साथ दिनुपर्ने कुरामा प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशेष अतिथी एम एनओ लमजुङ जिल्ला अध्यक्ष बिकास गुरुङले मंगोलहरुको लुटिएको खोसिएको अस्तित्व सहितको अधिकार प्राप्त गर्नको लागि एम एनओलाई चिन्नु पर्ने बेला आइसकेको जगजाहेर गर्नु भएको थियो । कार्यक्रमकै अवसरमा इन्द्र सिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय सुन्दर बजार ५ नम्बर वडा सभा गठन भएको हो । इन्द्र सिंह गुरुङको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम एम एनओ सुन्दर बजार नगर सभाका सचिव बिष्णु गुरुङले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्