शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुली जिल्ला सभाको ऎतिहासिक प्रथम अधिबेशन सम्पन्न

mongolvision | 26 डिसेम्बर 2021

सिन्धुली जिल्ला सभाको ऎतिहासिक प्रथम अधिबेशन सम्पन्न

 सिन्धुली / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा सिन्धुलीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन खुल्ला घोषणा सभा 25 डिसेम्बर सनिवार   सुनकोसी गाउँपालिका वडा नं ७ स्थित नागीमा मुल आयोजक सभाको संयोजक सागर सुनुवारको सभाध्यक्षता र केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
  
कार्यक्रममा बन्दसत्रबाट जिल्लासभाको अध्यक्षमा सन्तवीर तामाङ निर्वाचित भएको थियो भने तामाङको अध्यक्षतामा 27 सदस्यीय पदाधिकारीहरुको जिल्लासभा गठन भएको छ। उक्त कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी तामाङले मंगोल नेशनल अर्गनाइजेसनको उद्देश्य र आवश्यकताबारे स्पष्ट पार्नुभयो त्यसै गरि विशेष अतिथी केन्द्रिय सदस्य जोनी मंगोल विश्वकर्माले अब दलित मुक्ती भनेर होइन यो देशको समग्र मुलबासीहरुले मंगोल मुक्तिको विशाल विचार र भावना लिएर अगाडी बढ्न आह्वान गरेको छ भने कार्यक्रममा अन्य अतिथिहरु प्रथम बागमती प्रान्तीय अधिवेशन मुल आयोजक सभाको संयोजक राजेन्द्र तामाङ,कोषाध्यक्ष कुमार तामाङ,चितवन जिल्लाध्यक्ष टेक बहादुर तामाङ,धादिङ जिल्लाध्यक्ष धर्मराज सेनदेन,नुवाकोट जिल्लाध्यक्ष प्रदीक्षा तामाङ,रसुवा जिल्लाध्यक्ष विकास तामाङ,काभ्रे जिल्ला अध्यक्ष कमल बहादुर तामाङ,तेमाल पालिका अध्यक्ष दुर्गालाल तामाङले शुभकामना मन्तव्य राख्नुभयो भने कार्यक्रममा स्थानीय मुलबासी मंगोलहरुको उल्लेख्य सहभागिता थियो ।कार्यक्रममा सन्तविर तामाङले स्वागत मन्तव्य राखेर नुवाकोट जिल्ला सचीव उमा तामाङले कार्यक्रम संचालन गरेकी थिइन् ।

सिन्धुली जिल्ला सभाको ऎतिहासिक प्रथम अधिबेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्