बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुलीको फिक्कल - ६ मा एम. एन. ओ. को वडा सभा

mongolvision | 8 मार्च 2022

सिन्धुलीको फिक्कल - ६ मा एम. एन. ओ. को वडा सभा


सिन्धुली/ सिन्धुली जिल्ला अन्तर्गत पर्ने फिक्कल गाउँपालिकाको वडा नं. ६ स्थित तीनखण्डे फुटबल प्राङ्गणमामा मूलबासी मंगोल विषयक प्रशिक्षण साथै वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । 
 ५ मार्च शनिबारका दिन सम्पन्न उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक  प्रेम बहादुर राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. सिन्धुलीका अध्यक्ष शान्त वीर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एम. एन. ओ. ओखलढुंगाका अध्यक्ष बजेन्द्र अम्बुले राई हुनुहुन्थ्यो र अतिथ खोटाङ नगर सभाका अध्यक्ष ईन्द्र अम्बुले राई रहनुभएको थियो । 
कार्यक्रममा विशिष्ट अतिथिद्वय इन्द्र राई, बजेन्द्र राईले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि शान्त वीर लामाले अबको आउने निर्वाचनमा चुनाव चिन्ह भालेमा मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो । कार्यक्रमकै बिच प्रेम बहादुर राईको अध्यक्षतामा ३४ सदस्यीय फिक्कल-६ वडा सभा गठन भएको छ । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम बुद्ध राईले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्