आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपाल्चोकको पाचौं पोखरीमा एम एनओको प्रशिक्षण

mongolvision | 4 अक्टोबर 2021

सिन्धुपाल्चोकको पाचौं पोखरीमा एम एनओको प्रशिक्षण


सिन्धुपाल्चोक / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सिन्धुपाल्चोक र एमएनओ पाँचपोखरी थाङपाल गाउँ सभाको संयुक्त आयोजनामा एकदिने मुलबासी मंगोल प्रशिक्षण सम्पन्न भएको छ ।
आइतबार ३ अक्टोबर संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन सभा संयोजक गणेश चाम्लुङको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य रिन्छेन तामाङको विशेष आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य तामाङले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा तामाङले मंगोलवाद र एम एनओको उदेश्य बारेमा प्रष्ट पार्नु भयो ।त्यस्तै उहाले अब मुलबासी मंगोल जनसमुदायहरु एक हुनुको बिकल्प नभएको बताउदै सबै मंगोल समुदायहरु एम एनओ आवद्ध हुनु पर्ने बताउनु भयो ।
प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी चाम्लुङले नेपालको मुख्य समस्या भनेको बाहुनवाद भएकोले बाहुन र हिन्दुवाद नहटे सम्मा मुलुक परिवर्तन हुन नसक्ने बताउनु भयो ।
सिन्धुपाल्चोक जिल्ला सभाका अध्यक्ष  निमा छिरिङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा  नुवाकोट जिल्ला सदस्य सुरेन्द्र तामाङ , एमएनओ सिन्धुपाल्चोक जिल्ला सदस्यहरु नबिन तामाङ, पाल्देन लामा, अन्दाज लामा लगायत स्थानीय मुलबासी जनसमुदायहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।कार्यक्रम कै अवसर परेर पाचपोखरी थाङ्पाल वाड न ५ तदर्थ वाड सभा समेत निर्माण गरिएको छ । । प्रभास स्याङ्बोले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सभा सहसचिव कर्णभिर स्याङ्बो तामाङले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्