बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपाल्चोकमा एम एनओको प्रशिक्षण सम्पन्न

सुकुमाया मोक्तान | 30 अगस्ट 2021

सिन्धुपाल्चोकमा एम एनओको प्रशिक्षण  सम्पन्न

सिन्धुपाल्चोक / मंगोल नेशनल  अर्गनाइजेशन  जिल्ला  सभा सिन्धुपाल्चोकले प्रशिक्षण कार्यक्रम सगै आफ्नो नियमित  दोस्रो  बैठक 28 अगष्ट 2021 का दिन जिल्ला सदरमुकाम चौतारा स्थित  जिल्ला सभाको कार्यलयमा सम्पन्न भएको छ ।
         एमएनओ जिल्ला  सभा सिन्धुपाल्चोक को अध्यक्ष  नेमा छिरिङ लामाको सभा अध्यक्षता तथा एमएनओ  केन्द्रिय सर्बोच्च  सभा सदस्य रिन्छेन तामाङको प्रमुख आतित्यथा एवं  एमएनओ बाग्मती  प्रदेश सभाका  प्रचार प्रसार सचिव  सालिक मगरको बिशेष  अथित्यतामा कार्यक्रम सम्पन्न  भएको थियो।  एमएनओ जिल्ला  सभा सदस्य   पुष्पा तामाङले  स्वागत  मन्तव्य राख्नु भएको  कार्यक्रममा प्रमुख अतिथि  रिन्छेन तामाङले  एमएनओ को  पाँच  क्रान्ति  स्वरुप दिप प्रज्वलन सहित उत्घाटन गर्नुभएको  थियो। एमएनओ बाग्मती  प्रदेश सभा प्रचार  प्रसार सचिव तथा कार्यक्रमका बिशेष  अतिथि सालिक  मगरले आफ्नो मन्तव्यको क्रममा  अबको मंगोल नेताकार्यकर्ताहरु अगामी  जुनसुकै  निर्वाचनमा भाग लिएर नतिजा ल्याउने तरिकाले अगाडि  बढ्नुपर्ने र एमएनओको सत्य  दर्शनहरुलाई नेपालको हरेक जिल्ला  कुना कन्दराको मंगोल समुदायहरुमा पुर्‍याउनका लागि अबको मंगोल योद्धाहरु  दिमाग ठण्डा,  मुखमा सख्खर, पैतालामा  चक्कर लिएर तयारी हुनुपर्ने  पनि बताउनुभएको थियो। 
त्यस्तै प्रमुख अतिथी तामाङले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो सो क्रममा उहाले मंगोलवाद र एम एनओको दर्शन बारेमा प्रकाश पार्दै अबको विकल्प भनेको मंगोल नेशनल अर्गनाइजेसन भएको जिकिर गर्दै यसमा निर्धक भएर आवद्ध हुन सबै लाई आवहान गर्नु भयो ।
नियमित बैठकमा जिल्ला सभाको हरेक स्थानीय निकायहरुमा संगठन बिस्तार तथा दिगो दरिलो बनाउन कार्यक्षेत्र जिम्मेवारी, राजनीतिमा आवश्यक पर्ने पत्रकारिताको जिम्मेवारी लगायतको बिषयमा गहन छलफल सहित निर्णय पारित भएको छ । बैठक जिल्ला सभाका सचिव दावा लामाले संचालन गर्नु भएको थियो ।

सिन्धुपाल्चोकमा एम एनओको प्रशिक्षण  सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्