शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपाल्चोकमा मंगोल प्रशिक्षण सम्पन्न युवा नेता रिन्चेन दोर्जे तामाङ द्वारा प्रशिक्षण प्रदान

mongol vision news | 22 फेब्रुअरी 2020

सिन्धुपाल्चोकमा मंगोल प्रशिक्षण सम्पन्न युवा नेता रिन्चेन दोर्जे तामाङ द्वारा प्रशिक्षण प्रदान

22 फेब्रुवरी 2020/ बाग्मती प्रदेश, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सिन्धुपाल्चोकको आयोजनामा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम बाह्रबिसे नगरपालिका-3, धार्पामा सम्पन्न भएको छ । संगठन बिस्तार तथा प्रशिक्षण अभियानलाइ तिब्र गतिमा अगाडि बढाउने क्रममा 22 फेब्रुवरि 2020 का दिन संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले नेपालको असली राजनीतिको सुरुवात एम.एन.ओ ले गरेको र मुलुकमा अल्पसंख्यक हिन्दु शरणार्थी बाहुनक्षेत्रीहरुको षडयन्त्रले लुटिएको सम्पुर्ण अधिकार फिर्ता गराउन मंगोल नेशनल अर्गनाइजेशनलाइ अग्नि परिक्षाको रुपमा हेर्नू पर्ने बेला आइसकेको कुरा बताउनु भयो । स्थानीय मंगोल शुभचिन्तक गणेश तामाङको अधक्षतामा सम्पन्न कार्यक्रममा एम.एन.ओ जिल्ला सभा सिन्धुपाल्चोकको सचिव निमाछिरी लामाको विशेष आतित्यथा रहेको थियो । साङ्गे दोर्जे तामाङको स्वगत मन्तव्य बाट सुरु भएको कार्यक्रम प्रबिना तामाङले सन्चालन गरेकी थिइन । कार्यक्रम कै अवसरमा बाह्रबिसे नगरपालिका - 3 नम्बर वडा सभा गठन भएको छ ।

सिन्धुपाल्चोकमा मंगोल प्रशिक्षण सम्पन्न युवा नेता रिन्चेन दोर्जे तामाङ द्वारा प्रशिक्षण प्रदान

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्