बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनबर्सी जननियो टोलमा मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण

Mongol Vision News | 16 मार्च 2020

सुनबर्सी जननियो टोलमा मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण

मोरङ/ मोरङ जिल्लाको दक्षिणी भेग सुनबर्सी ६ जननियो टोलमा मंगोल राष्ट्रवाद विषयक एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    16 मार्च सोमबारका दिन एमएनओ मोरङ जिल्लाको पहल साथै सुनबर्शि नगर सभाको विशेष सक्रीयता र मूलबासी मंगोल बद्री पासवानको सभाध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी साथै प्रमुख प्रशिक्षकको रुपमा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो रहनु भएको थियो । एमएनओ सुनबर्सी नगर सभा अध्यक्ष महेन्द्र राजवंशिको स्वागत मन्तव्य संगै औपचारिक रुपमा सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा जननियो छेत्रका तथाकथित दलित समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । भेलालाई प्रशिक्षण प्रदान गर्नुहुँदै प्रमुख प्रशिक्षक फोम्बोले कोहि पनि मानिस जन्मसिद्ध दलित, अछुत भएर जन्म नहुने कुरा बताउनु हुँदै मंगोलहरुलाई दलित, अछुत बनाउने मुख्य जड हिन्दूवाद, बाहुनवाद रहेको कुरा जिकिर गर्नु भयो ।

    प्रशिक्षणकैममा उहाँले संसारमा कहिँ नभएको छुवाछूत र अमानवीय हिन्दूवाद, बाहुनवाद भित्र रहेको र यसको विकल्पमा युग पुरुष अमर डा.गोपाल गुरुङले मंगोल दर्शन स्थापना गर्नु भएको बताउनु भयो । त्यस्तै बाहुन छेत्रीले वर्तमान समयमा मूलबासि मंगोलहरुलाई अस्तित्व विहीन, देश विहीन शरणार्थी बनाउन आदिवासी जनजाती जस्ता शव्दको प्रयोगमा व्यापकता ल्याईरहेको कुरा उहाँले खुलासा गराउनुहुँदै त्यसबाट नझुक्किन आह्वान गर्नु भयो । सुनबर्सी नगर सचिव रबिन्द्र श्रेष्ठले सञ्चालन गरेको उक्त प्रशिक्षण कार्यक्रममा पथरी नगर सभा अध्यक्ष टेक बहादुर मगरले मन्तव्य राख्नु भएको थियो भने सो कार्यक्रममा मोरङ जिल्ला सदस्य डम्बर तामाङ लगायत सुनबर्सी नगर सभाका सक्रीय कार्यकर्ता कुसुमलाल ॠषिदेवको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्