मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनबर्सी ३ राजबंसी टोलमा प्रशिक्षण

mongol vision | 20 मार्च 2021

सुनबर्सी ३ राजबंसी टोलमा प्रशिक्षण

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन सुनबर्सी नगर सभाको आयोजना तथा स्थानीय मुलबासी योगेन्द्र राजबंशीको सभाध्यक्षतामा सुनबर्सी - ३ कटेलडाँगी टोलमा मुलबासी मंगोल दर्शन विषयक एकदिने प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ।

उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष बिकेन बान्तावाले उपस्थित लोक समुदायलाई संगठनले लडिरहेको राजनीतिक लडाई वा एम एनओको भिजन र मिसन बारे प्रष्ट पार्दै मुलबासी मंगोलहरु एक भइ जुटेर राजनीतिक रुपले लड्नुको विकल्प नै नभएको कुरामा जोड दिनुभयो । बाहुन क्षेत्री राजनीति गरेकाले प्रधानमन्त्री, राष्ट्रपति, प्रधान न्यायाधीश, प्रधान सेनापति, नेता, शासक, प्रशासक र सबै अड्डा अदालतमा प्रमुख भएको तर हामी राजनीति नगरेर मजदुरी, नोकरी , खेती पातीमा मात्रै हातपाउ घोत्ने अथवा आर्थिक उपार्जनको लागि मात्रै रातदिन खटिरहने भएकैले कहिले पनि हाम्रो जिवन स्तर माथि उठ्न नसकेको कुरा दर्शाउनु भयो । यसैगरी मुलबासी मंगोलहरुको बिगत इतिहास, वर्तमान र भविस्यमा आर्य शासकबाट हुन सक्ने खतरनाक षडयन्त्र बारेमा उल्लेख गर्दै अब उप्रान्त हामीलाई बर्बाद बनाउने बाहुन क्षेत्री शासकहरुलाई साथ दिन नहुने र आउँदो हाम्रो सन्तानहरुलाई यिनिहरुको षडयन्त्रबाट बचाउन सक्नु नै अभिभावकको मुल कर्म वा धर्म हुने कुरा बताउनु भयो । उक्त कार्यक्रममा अतिथिको रूपमा रहनु भएका जिल्ला सदस्य डम्बर तामाङ, पथरी नगर अध्यक्ष टेक बहादुर मगर सक्रिय सदस्य तिल्कु ऋषिदेबले मन्तव्य राखेका थिए । सुनबर्सी नगर अध्यक्ष महेन्द्र राजबंसीले स्वागत मन्तव्य राख्नु भएको थियो भने नगर सचिव रबिन्द्र श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्