सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनकोशी गाउँपालिकामा एम. एन. ओ. को वडा सभा

mongolvision | 3 मार्च 2022

सुनकोशी गाउँपालिकामा एम. एन. ओ. को वडा सभा


ओखलढुंगा / मंगोल नेशनल अर्गनाइजेशन ओखलढुंगा जिल्ला सभा अन्तर्गत सुनकोशी गाउँपालिका वडा नं. २ स्थित लुकुवामा सम्पन्न एक प्रशिक्षण कार्यक्रम बिच एम. एन. ओ. सुनकोशी-२ वडा सभा गठन भएको छ । 
उक्त कार्यक्रम  स्थानीय मंगोल समर्थक टेक बहादुर तामाङको सभाध्यक्षतामा एवं संगठनका ओखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा मानेभञ्ज्याङ गाउँसभा अध्यक्ष बिर्ज बहादुर थापा मगर रहनुभएको थियो भने अतिथिमा प्रवास सभा मेघालयका पूर्व अध्यक्ष मिता मोक्तान रहनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले अबको समय मूलबासी मंगोलहरुले आफ्नो अस्तित्व र अधिकार प्राप्तिसंगै मुलुकको दिगो शान्ति र विकासको निमित्त मंगोल नेशनल अर्गनाइजेशन एकमात्र विकल्प भएका कारण आगामी चुनावमा भाले चिन्हमा मतदान गर्न सबैमा आव्हान गर्नुभयो । टेक बहादुर तामाङकै अध्यक्षतामा २५ सदस्यीय वडा सभा गठन भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्