आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनकोशी गाउँ पालिकामा मंगोल सभा सम्पन्न

mongolvision | 30 सेप्टेम्बर 2021

सुनकोशी गाउँ पालिकामा मंगोल सभा सम्पन्न

सिन्धुली / सिन्धुली जिल्लाको सुनकोशी गाउँ पालिका  मा मंगोल नेशनल अर्गनाइजेशनले मंगोल खुल्ला सभा सम्पन्न गरेको छ ।
  सेक्टेम्बर २९ तारिक बुधबार सुनकोशी गाउ पालिकाको वाड न ७ नागीमा स्थानिय शान्ताबिर लामाको अध्यक्षता र संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्य तथा केन्द्रीय प्रवक्ता एबम मंगोल भिजन राष्ट्रिय साप्ताहिकका सम्पादक दिलिप धिमालको विशिष्ट आतिथ्यतामा उक्त खुल्ला मंगोल सभा सम्पन्न भएको थियो ।  कार्यक्रमको अन्य अतिथिहरुमा संगठनका केन्द्रीय सदस्य एबम केन्द्रीय कार्यलय सचिब रिन्छेन तामाङ , गण्डकी प्रदेश सभाका सल्लाहकार देब थापा मगर रहनु भएको थियो । खुल्ला मंगोल सभा कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तामाङले नेपालमा लोकतान्त्रिक ब्यबस्था एम एनओले ल्याएको भन्दै यो ब्यबस्थालाइ सहि रुपले लागू मंगोल नेशनल अर्गनाइजेशनले मात्र गर्न सक्ने बताउनु भयो । त्यस्तै उहाले मुलबासी मंगोल समुदायहरुले  आफ्नो हक अधिकार प्राप्त गर्न एम एनओमा आवद्ध हुनै पर्ने बताउनु भयो ।
   त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा अर्का बक्ता विशिष्ट अतिथी धिमालले मंगोल दर्शन र एम एनओको उदेश्य , लक्ष्य बारेमा जनसमुदायहरु लाई प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा अतिथिदय तामाङ र थापा मगरले पनि आ आफ्नो मन्तव्य मार्फत मंगोलको बारेमा बताउनु भयो ।
      स्थानीय मुलबासी मंगोल समुदायहरुको उल्लेखनीय उपस्थितमा सम्पन्न भएको खुल्ला मंगोल सभा कार्यक्रम प्रस्चात शान्त वीर लामाकै अध्यक्षतामा २३ सदस्य तदर्थ वाड सभा गठन भएको छ । तदर्थ वाड सभाको सचिब , कोषाध्यक्ष र प्रचार सचिबमा क्रमश राजन थोकर , सुरेन्द्र तामाङ र बुदिमान गोले रहनु भएको छ भने सदस्यहरुमा गणेश लामा, महान थोकर ,सुकमाया लामा , प्रभा लामा, पुर्णिामा लामा , हेमा लामा,शान्ति कुमारी बलोन,विशाल लामा , योगेन्द्र गोले ,बलराम थापा मगर विशाल दोर्जे लामा, फल्त बा मगर,जित बा थोकर, सदकुमारी लामा,मनिशा लामा,रमिला स्यातेन ,सुस्मिता स्याबा र प्रमिला गोले रहेका छन । गुन बा गलान लाई वाड सभाको सल्लाहकारमा राखिएको छ ।नव गठन भएको तदर्थ वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सचिब सन्तोष तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रम लाई दावा छिरिङ लामा र राजु लामाले संयुक्त रुपमा संचालन गरेका थिए ।
      

सुनकोशी गाउँ पालिकामा मंगोल सभा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्