बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनवलको प्रगति टोलमा मंगोल अस्तित्व बिषयक प्रशिक्षण सम्पन्न

Baneera Mongol Meche | 23 फेब्रुअरी 2019

सुनवलको प्रगति टोलमा मंगोल अस्तित्व बिषयक प्रशिक्षण सम्पन्न

बुटवल / मंगोल नेसनल अर्गनाइजेसन नवलपरासी जिल्ला सभाको आयोजनामा नवलपरासी मा एक दिने मंगोल अवस्तित्व बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

            फागुन ११ गते सनिवार नवलपरासीको सुनवल नगर पालिका वाड न १ प्रगति टोलमा उप्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नवलपरासी जिल्ला सभाका अध्यक्ष नेत्र बहादुर चिदी मगरको अध्यक्षता एबम केन्द्रिय सभाका केन्द्रिय मुल सचिब थमन बुढा मगरको प्रमुख आतिथ्यता र केन्द्रिय सभाका सदस्य मंगोल नेतृ केशु राश्कोटी मगरको विशेष आतिथ्यता मा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम लाई केन्द्रिय मुल सचिब थमन बुढा मगरले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्दै उहाले मंगोल अवस्तित्व के हो , हामी को हौ , हाम्रो हक अधिकार के हो जसता बिषयमा बृहत रुपमा जानकारी गराउदै प्रशिक्षण प्रदान गर्नु भयो । त्यस्तै गरि उहाले मंगोल नेशनल अर्गनाइजेसनको राजनीति धारणा के रहेको छ र डा. गोपाल गुरुङको मंगोलवाद के हो भन्ने बारेमा पनि कार्यक्रम सहभागीहरु लाई अवगत गराउनु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु भिम राना , बिष्णु माया राना , नवलपुर जिल्ला अध्यक्ष जय बहादुर सारु , रुपन्देही जिल्ला सदस्य प्रेम अदै मगर लगायत नवलपरासी जिल्ला का विभिन्न स्थानीय तहका नेता कार्यकर्ताहरु एबम त्यस छेत्र का मुल्बासी जनताको उल्लेखनीय सहभागी रहेक थियो । प्रशिक्षण कार्यक्रम लाई प्रदेश न ५ का सदस्य देब गुरुङ ले संचालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्