मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिरानचोकमा मंगोल राष्ट्रवाद तथा पुनर्गठन कार्यक्रम सम्पन्न

mongolvision | 14 अक्टोबर 2021

सिरानचोकमा मंगोल राष्ट्रवाद तथा पुनर्गठन कार्यक्रम सम्पन्न


देब थापा
गोरखा/ मंगोल नेशनल अर्गनाइजेसन सिरानचोक गाउँ सभाको आयोजनमा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाको धारापानीमा सेवाराज गुरुङको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगरको प्रमुख आतिथ्यतामा १३ अक्टोबर बुधबार  एकदिने मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण पश्चात्  जालकुमार तामाङको अध्यक्षतामा १९ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन सिरानचोक गाउँ सभा पुनर्गठन भएको छ ।
उक्त कार्यक्रममा अन्य अतिथिहरु मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभाका सदस्यहरु यम गुरुङ , शेर बहादुर गुरुङ र मंगोल नेशनल अर्गनाइजेसन गोरखा नगर सभाका अध्यक्ष कृष्ण तामाङ हुनुहुन्थ्यो । सभाका प्रमुख अतिथि थापाले उपस्थित स्थानीय मुलवासी मंगोल समुदायका सम्पुर्ण व्यक्तित्वहरुलाई नेपालको ऎतिहासिक सत्य तथ्य कुराहरुलाई प्रष्ट्याउदै नेपाली राजनीति र मानव अस्तित्व साथै मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
जाल कुमार गुरुङको सभाधक्ष्यतामा पुनर्गठित सभाको सचिवमा मंगल गुरुङ रहनुभएको छ र अन्य सदस्यहरुमा ,बाल कृष्ण गुरुङ,ध्रुव तामाङ ,हर्क तामाङ ,समिता तामाङ ,अमृता तामाङ ,पन्चमाया गुरुङ ,रामचन्द्र गुरुङ ,बागसिङ तामाङ ,पर्वत तामाङ ,दलमान तामाङ ,कैलाश तामाङ ,प्रविण गुरुङ ,नवराज तामाङ ,मिनराज तामाङ ,सुनिल तामाङ ,धनमान गुरुङ ,लुरे गुरुङ हुनुहुन्छ ।
              कार्यक्रममा स्वागत मन्तव्य भुमिराज गुरुङले गर्नु भएको थियो भने  सञ्चालन जालकुमार  गुरुङले गरेका थिए  ।

सिरानचोकमा मंगोल राष्ट्रवाद तथा पुनर्गठन कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्