बुधबार 8 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सातदिने नेतृत्व विकास तथा पत्रकारीता प्रशिक्षण सम्पन्न

प्रदिक्षा तामाङ | 31 डिसेम्बर 2019

सातदिने नेतृत्व विकास तथा पत्रकारीता प्रशिक्षण सम्पन्न

काठमाडौ/ बग्मती प्रदेश ,मंगोल भिजन परिवारको आयोजनामा सात दिने पत्रकारिता साथै नेतृत्वविकास प्रशिक्षण कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय प्रशिक्षण सभा हल काठमाडौ स्थित गोंगबुमा सम्पन्न भएको छ ।

      डिसेम्बर 22 देखि सुरु भइ 28 गते सम्म, मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको प्रमुख समाचारदाता लासिमहाङ मंगोलको सभाध्यक्षता र संगठनको केन्द्रिय वरिष्ठ सदस्य थुप्तेन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रममा पत्रकारिता सम्बन्धि तीन नम्बर प्रदेशसभाको सचिब पत्रकार राजेन्द्र तामाङले र केन्द्रिय सर्वोच्च सभा सदस्य युवा नेता रिन्चेन दोर्जे तामाङले नेतृत्वविकास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा एक नम्बर प्रदेशबाट पाँचजना, बग्मती प्रदेशबाट छ जना ,गण्डकी प्रदेशबाट पाँच जना ,पाँच नम्बर प्रदेशबाट चार जना र सात नम्बर प्रदेशबाट एक जना गरि एकाइस जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थिए। उक्त प्रशिक्षणले प्रत्रकारिता र नेतृत्वविकासमा धेरै सकारात्मक असर पर्ने प्रमुख अतिथि थुप्तेनले दाबी गरेको छ।

       प्रशिक्षणमा विभिन्न सैद्धान्तिक र व्यवहारिक ज्ञान रचनात्मक तरिकाले प्रशिक्षण गराएकोमा अगामी दिनमा वास्तविक कार्यक्षेत्रमा गएर पत्रकारिताको सिद्धान्त भित्र अडिग रही पत्रकारिता र नेतृत्वविकास दुवै पक्षलाइ उत्कृष्ट ढङ्गले अगाडी बढाउने भनी प्रशिक्षार्थीहरुले सामुहिक प्रतिबद्धता समेत जाहेर गरेको छन। उक्त प्रशिक्षणको अन्तिम दिन काठमाडौ आसपासमा रहेको मंगोल नेता,कार्यकर्ता र समर्थकहरुको बाग्लो उपस्थितिमा प्रमुख अतिथिको हातबाट प्रमाणपत्र वितरण गरिदै बसपार्क स्थित तमु छो धी हलमा सम्पन्न गरिएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्