बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिदाहा बुद्धको मुर्ति तोडफोड प्रती एमएनओ को घोर भर्त्सना सहित प्रेस विज्ञप्ती

Mongol Vision News | 19 जूलाई 2019

सिदाहा बुद्धको मुर्ति तोडफोड प्रती एमएनओ को घोर भर्त्सना सहित प्रेस विज्ञप्ती

काठमाडौं/ देश लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीय होमिए लगतै देश र समाजमा खलल पुर्याउने घटना दोहोरी रहँदा लोकतन्त्र धराशायी बनाउने कृयाकलाप बढिरहेको छ । कहिले जातीय हिंसामा उक्साउने, कहिले सामाजिक भेदभाव त कहिले धार्मिक सहिष्णुता भड्काउने ! यसैबीच साउन १ गते राती सिद्धार्थ राजमार्ग अन्तर्गत रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका नयाँ मिल स्थित बुटवल भैरहवा सडक खण्डमा राखिएको महामानव सिदाहा बुद्धको मुर्ती आज्ञात समूह द्वारा तोडफोड भएको र यस्तो प्रकृतिको घटना जति निन्दा गरेनी नपुग्ने मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले बताएको छ । यो घटनाले लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीय सरकारम्क मूलुक नेपालकै खिल्ली उडाउने कार्य भएको प्रति मंगोल नेशनल अर्गनाइजेशनले एक प्रेस बिज्ञप्ती जारी गरी घोर भर्त्सना गर्दै सिदाहा बुद्धको मुर्ती तोडफोडको घटना निन्दनीय भएको बताएको छ । घटनाको दोषी उपर गम्भीर छानवीन गरी दोषीलाई कानुनी कठघरामा चाँडो उभ्याई मुलुकमा धार्मिक सहिष्णुता कायम गर्न सम्बन्धि निकाय प्रते मंगोल नेशनल अर्गनाइजेशनले जोडदार आह्वान गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्