बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्थानिय तहको निर्बाचनको लागि एम एनओले दल दर्ता गर्यो

mongolvision | 17 फेब्रुअरी 2022

स्थानिय तहको निर्बाचनको लागि एम एनओले दल दर्ता गर्यो


काठमाडौ / आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनको लागि मंगोल नेशनल अर्गनाइजेशनले  निर्बाचन आयोगमा दल दर्ता गरेको छ ।
निर्बाचन आयोगले स्थानिय तहको निर्बाचनमा  सहभागी हुनको निम्ति दलहरु लाई दल दर्ता गर्न फागुन ५ गते बिहिवार आह्वान गरे पछि एम एनओले काठमाडौको कान्तिपथमा रहेको निर्बाचन आयोगमा बिहिवार नै दल दर्ता गरेको छ । संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको नेतृत्वमा  एम एनओले दल दर्ता गरेको हो । स्थानीय तहको निर्बाचनको निम्ति दल दर्ता गर्ने एम एनओ दोस्रो दल बनेको छ ।
निर्वाचनमा भाग लिएर जनताको मतलाई  सम्मान गर्दै  आफ्नो एजेन्डामा  अघि  बढ्ने  र निर्वाचन अघि   हरेक  राजनीतिक  दलहरुले  निर्वाचन आयोग  दर्ता  गर्नुपर्ने  नियम  रहेकोले आयोगमा उपस्थित भइ  सो कार्य  सम्पन्न  गरिएको  संगठनका  केन्द्रिय  प्रवक्ता  दिलिप धिमालले बताउनु  भयो । दल दर्ता गर्ने कार्यक्रममा संगठनका केन्द्रीय सचिब सन्तोष तामाङ ,केन्द्रिय कोषाध्यक्ष आङदावा शेर्पा ,केन्द्रीय सह सचिब धन प्रकाश खिम्दुङ , केन्द्रीय प्रचार सचिब मणि पापो लिम्बु ,केन्द्रिय  सर्बोच्च  सभा  सदस्य रिन्छेन तामाङ ,केन्द्रिय सदस्य  मंगोल  भक्त  खपांगी मगर , बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामङ , बागमती प्रान्तीय सभा प्रचार सचिब सालिक थापा मगर , नुवाकोट जिल्ला सभा अध्यक्ष  प्रदिक्षा तामाङ र जिल्ला सदस्य जीवन तामाङ   लगायतको उपस्थित रहेको थियो ।

स्थानिय तहको निर्बाचनको लागि एम एनओले दल दर्ता गर्यो

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्