mongolvision | 21 सेप्टेम्बर 2024
मोरङ / मंगोल नेशनल अर्गनाइजेसनले आउदो मंसिरमा हुने स्थानीय तहको उप- निर्बाचनमा सहभागी हुने भएको छ ।
मोरङको पथरीमा सनिवार बसेको संगठनको केन्द्रीय सर्बोच्च सभाको बैठकले मंसिर १६ गते हुन लागिरहेको स्थानीय तहको उप- निर्बाचनमा सहभागीता हुने निर्णय गरेको केन्द्रीय प्रवक्ता रिन्छेन तामाङले बताउनु भयो । उहाका अनुसार बैठकले उप-निर्बाचन हुने सबै स्थानहरुमा संगठनले उमेदवार उठाउने र एम एनओका उमेदवारहरु लाई जिताउन सबै नेता कार्यकर्ता लाई परिचान गर्ने निर्णय गरेको छ साथै निर्बाचन सम्बन्धी सबै कामको जिम्मा संगठनका मुल सचिब सन्तोष तामाङ लाई दिएको छ । निर्बाचन आयोगले रिक्त रहेको स्थानीय तहहरुमा आउदो मंसिर १६ गते निर्बाचन गर्ने निर्णय गरेको छ । निर्बाचन आयोगले उप निर्बाचनको मिति घोषणा गरे सगै राजनीतिक दलहरु उप- निर्बाचनमा होमिएका छन ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology